आलोक चालिसे
कामना एक ढड्डा संबिधानको
कामना एक ढड्डा संबिधानको
कामना एक ढड्डा संबिधानको,
जसमा
जनताको सम्रिद्धी होस, रैती नबनाओस
जात भाषा भूगोलको कित्ता नकाटोस, भाईचारा फैलाओस
“म-मेरो पार्टी र मेरा मान्छे”लाई मस्तिस्कबाट फालेर
“हामी-हाम्रो देश र हामी सबै नेपाली” देख्न सिकाओस,
जनताले दिएको मान- राज्यले दिएको शान नबुझ्ने
राता पासपोर्ट ब्यापारी बिरुद्द चेतनाको मशिहा लिएर आओस,
भोट् भन्दै जोडीने हात र घरदैलो धाउने गोडाहरु नथाकुन
दूर दराजको भावना-मर्मलाई आत्मसात गर्दै मुस्कुराओस यो संबिधान !
ध्रुबे, मेरो मनको ध्रुबतारा
बाक्लो चस्मा, गन्न मिल्ला जस्तो छिट्फूट दारी । गम्भिर, अझ भनौ चीर सोचमा हराएको मान्छे। आकस्मात हिजो मध्य रातमा टुप्लुक्क उदायो किरात बनौटको हट्टा-कट्टा आकृती, मेरो बाल सखा !
हामी सँगै खेलेर हुर्कियौ । एउटै थालमा खाना समेत खाएको सम्झना ताजै छ । बाहुनको बच्चा हुनुको कारण भान्छामा बर्जित या घरमा नपाक्ने तर मेरो प्रिय पक्वान, कोदोको कालो ढिँडो र कुखुराको मासु सँगै खाएको सम्झना ताजा भएर आयो मेरो मनसपटलमा । ऊ मेरो औधी नजिकको बालसखा हुनुको कारण भौगोलिक रुपले साँध जोडीएको घर, टोले केटाहरुमा धाक रवाफ जमाउन उपयोगी, बलिस्ठ बाहु भएको मेरो रक्षा कवच । अझै तेस माथि समाज-परिवारको मान्यता-बाहुनको बच्चा हुनुले जन्मजात पढाईमा अब्बल हुनुपर्ने मनसिकता बिपरित ऊ अब्बल थियो ! हामी सँगै परिक्षाको तयारी गर्दा दुबैको अंक उत्तम आउथ्यो । अलग-अलग तयारी गर्दा दुबैको खत्तम ! यसैले पनि हामीमा सकारात्मक प्रतिस्पर्धा थियो । त्यही मेरो बाल सखा आज गम्भीर छ मेरो सामुन्ने ! कता हराए खै उसका चनचलता, ओठको हाँसो र ठट्टेउलो मिजास ? बिहान सक्खारै देखी मेरो अद्ययन कक्षमा शोक मौनता साँधेर हराइरहेको छ, सेता कागजको पानाहरुमा थरी थरीका अक्षर भएर ।
देश दुख्दाको ५ चोइटा
१ ए-कता
काटी-कुटी, भाँची-चूँडी बाँड्ने हैन देश
खन्डित् मन् र मुटुहरू मिलाएकै बेश।।
बाँध्न सके मनको बाँध मन बिचार माझी
जीवन गल्छ मृत्यु सङग बाचौँ हाँसी-हाँसी ।।
२ बलिंदान्
जिन्दाबाद्, बुर्दाबाद्का चर्का आवाज्-नाराहरू
शहीद् खान्छन् बीर-गती, खेती तिम्रा अवाद् अरु ।।
सात्-सत्र-सैँतीस् हुँदै लोक्तन्त्र भाक्दै हिँड्यौ
नेता डुबे ऐयाशीमा, चकनाचूर् भै “तिमी” टूटेयौ।।
जोड घटाउ र शकुनीहरु
नील गगनमा फड्फडाउदैका
सेता परेवाका पंखेटाहरुमा
क्रान्तिको होली-रंग बर्षाउने ययाबर अनि
बारुद, गुलेली र ब्याधाहरु बीच
शान्तिको म्रिगत्रिश्णामा बाचेकोछु म ।
हाम्रो शान हो बीरता
आत्मसम्मान-हिमाल भन्दा उच्च छ
रंग-बिरंग फुलको माला – अनेकतामा एकता
अर्जून निशान फगत ”तपस्या” हो
‘हिंशा’बाट काँहा, कहिले र कस्लेपो जितेकोछ र ?
‘ओबोन् नो ही’ अर्थात – सोरह श्राद्ध
पछाडि यात्रुहरू आफ्नै दूनियामा मस्त छन् । मेरो मनमा आफ्नै ज्वारभाट छ । बिगतलाई फेरी सँझिए । भर्खरै नाता जोडिंदा मेरी श्रीमती साँच्चै आदर्शकी राजकुमारी थिईन । फरक जाती- धर्म र सँस्क्रीति बीचमै पनि हामि खुशि थियौ । सानैछँदा दादुराको प्रकोपले दाग भरिएको अनुहार भन्दा धेरै सुन्दर थियो उनको सरलता र ब्यबहारिक पाटो । तर आज समयको अन्तरालमा उन्ले गुमाईन् या मैले खोज्न जानिन ? पाउनै सकेको छैन उनका ती सुन्दरतम गूँणहरू । बिस्तार बिस्तार परिबर्तनले गाँज्दै लग्यो ……
जापानमा कवि गोष्ठी तथा कृति विमोचन
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा नव वर्ष २०६६ तथा जापानी फूल साकुराको हानामी पर्वको अवसरमा अप्रिल १९ आइतवार टोकियोमा छौटौं साहित्य श्रङ्खला तथा कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
“गौरब गर्छौ आफ्नै शानमा, घमण्डी त हैनौ है…”
स्वइच्छिक शरणार्थी भएर देश्बाट टाढिएपछी देश प्रेम त अझै गाढा हुने रहेछ । छुट्टीको एउटा आईतवार इन्टर्नेट मार्फत देश खोज्दै थिए । शिर्शकमा भएको म्रिदुल मर्मस्पर्शी लयले तान्यो मलाई । हो यो रचानाको सिर्जना धर्म र सिर्जना काल फरक छ । यो धेरै अगाडि जन्मेर भूत भईसक्यो । तर अझै पनि लय र मर्मले यस्को चिरायु कायमै छ। बारम्बार नेपाली हुनुले ढक्क फुल्ने मेरो छाती अझै गर्भिलो महसुस गरे यो लय र पुर्खाको त्याग सम्झेर ।
तँ, तपाईं , हजुर !
गैर आवासीय नेपाली अर्थात् बाजेका पालामा भन्ने शब्द – लाहुरे ! बिकाशोन्मुख् देशको नागरिक हुनुको पिडा – ज्ञान र अबसरको खोज सँगै सन् २००२ ले मलाई लाहुरे बनायो । ( हुन त भारत् बाट पाकिस्तान अलग नहुँदैको तत्कालिन लहोर शहरमा श्रम बेच्न जानेहरुलाई प्रयोग गरिने सम्बोधन हो क्यार । तर आज नेपाली शब्दकोशले स्विकारी सक्यो – परदेशीको सम अर्थमा । )
राजधानी मानै जन्मिए पनि रेल मार्ग, उधोग र आडबिक उर्जा अनी गगन चुम्बी महल जस्ता बिकास बाट पिछडीएको देश नेपालको राजधानीमा थिए म । एकएक बिदेसमा पनि संसारका सक्ती राष्ट्रहरु मध्येको जापानमा अद्ययनकोलागी आउने कुराले रोमान्चित र कौतुहल थिए । अलग जाती , फरक भाषा , प्रचुर बिकास । के होला , कस्तो होला?…..
सम्बन्ध
किस्सा १.
दीप शिक्षा र संस्कारमा महत्व दिने मध्म बर्गिय परिवारको आदर्श पात्र हो । नामधन्य बिध्यालयबाट राम्रो श्रेणीमा माध्यमिक तह उत्तीर्ण गर्छ । डाक्टर बन्ने धोको छ उसको ! तर उस्का पिता साधारण ब्यापारी, लाखौंलाख खर्च गर्न सक्ने आमत छैन । दीप मानसीक ज्वारभाटमा छ , अब के गर्ने ? संझौता !! स्थानिय उच्च मा बि मा ब्यबस्थापन बिषयमा दाखिल हुन्छ ।

१