Skip to content

मझेरी सञ्चालक

20200416_PeshalAcharya-Interview

भाइरसहरू मिले वा मिलाइए अनि शक्तिशाली भए – पेशल आचार्य

  • by
20200416_PeshalAcharya-Interview

(पेशल आचार्य रूचिले लेखक र पेशाले शिक्षक/प्राध्यापक हुनुहुन्छ । वहाँले बाल साहित्यका ९ र प्रौढ साहित्यको १ गरी १० वटा पुस्तकहरूको लेखन गर्नुभएको छ । निजी विद्यालयका कक्षा ५ र ६मा आचार्यले लेखेका कथाहरू पाठ्यक्रममा राखिएका छन् । रामेछाप जिल्लामा करिब ३ दशकसम्म शिक्षण/प्राध्यापन र करिब ४ दशकअघिदेखि पत्रकारिता र लेखन क्षेत्रमा सक्रिय आचार्य यतिखेर राष्ट्रको निर्देशनलाई पूर्ण पालना गरेर आफ्नो निवास ललितपुरमा लक डाउन (बन्दाबन्दी)मा हुनुहुन्छ । लेखन, पठन र सम्पादनमा सक्रिय रहने आचार्यसँगको कोरोना महामारीको परिप्रेक्षमा भलाकुसारी प्रस्तुत छ।)

Read More »भाइरसहरू मिले वा मिलाइए अनि शक्तिशाली भए – पेशल आचार्य
20180428_AjitChhetri-Interview-01

मझेरी भलाकुसारी, अंक २३ (अजित क्षेत्री)

सिर्जना, कल्पना र भावनाको फुलबारी हो साहित्य । आफू बसिरहेका परिवेस, घर, समाज र समय अनुसारकै साहित्य लेखन गर्न सकियो भने मात्रै लेखन सफल हुन्छ ।

नेपालमा यातायातमाभन्दा बढी साहित्य र यसको बजारमा सिन्डिकेट छ ।

सामान्य शैलीको सानो किताब हुँ म जसले जसरी पढे पनि हुन्छ जसरी बुझे पनि हुन्छ ।

-अजित क्षेत्री

PeshalAcharya-02

मझेरी भलाकुसारी, अंक २२ (पेशल आचार्य)

‘धेरै जसो लेखकहरू डबल स्टेण्डर जीवन बाँच्छन् ।’

मैले जे लेखेँ त्यो अन्तर्मनका आदेशमा लेखेको छु । म भित्रको लेखकले यो लेख भन्छ, लेख्छु । त्यो नलेख भन्छ लेख्दिनँ ।

बोली नभएका, विविध हिसाबले ठगिएका, पछि पारिएका र निमुखाका पक्षमा कलम चलाउने हो –एउटा जिम्मेवार लेखकले ।

पेशल आचार्य

20160327_KalpanaRai-Interview-01

मझेरी भलाकुसारी, अंक २१ (कल्पना राई)

दुनियाबाट बिमुख भएर बाँच्न चाहनेको सुन्दर संसार साहित्य हो ।

जिन्दगीमा खुशी क्षणिक हुन्छ, क्षणिक खुशीको आनन्द लिएर अहिले “धरती”भएकी छु ।

सम्पन्नता बिपन्नता जिन्दगीको दौरानमा जे-जस्तो परे पनि आफ्नो भाषा संस्कृति परम्पराबाट आफ्नो सन्तानलाई कहिले बन्चित गर्नु हुँदैन ।

— कल्पना राई

20160117_KomalPrasadBhatta-Interview-01

मझेरी भलाकुसारी, अंक २० (कोमलप्रसाद भट्ट)

गजल गेय विधा भएको र लयमा गाउन पनि रमाइलो लाग्ने भएकाले वर्तमानमा गजल प्रतिको आकर्षण दिनानुदिन बढेको कुरालाई नकार्न सकिदैन । म पनि यिनै कारणले गर्दा गजलतिर बढी आकर्षित भएको हुँ ।

नेपाली साहित्यको स्थिति अँझै विकासोन्मुख छ । कृतिहरू जन्मिन्छन पढने पाठकको संख्या उल्लेखनीय छैन ।

मलाई अनगिन्ती पाठकहरूले माया गर्नुभएको छ सद्भावना राख्नुभएको छ । त्यो माया र सद्भावना सदैव पाइरहुँ र साहित्य रचनामा जुन प्रेरणा दिइरहनु भएको छ त्यो प्रेरणा सदैव पाइरहुँ ।

— कोमलप्रसाद भट्ट

ChudaNirveek-02

मझेरी भलाकुसारी, अंक १९ (चूडा निर्भीक)

जीवनभन्दा राष्ट्रियता र समाज धेरै ठूला कुरा हुन् । संस्कृति र समाज हामीले विसंगतपूर्ण बनाएका छौं यसलाई परिमार्जन गर्नुपर्छ ।

मलाई टीका मिलनका छन्दकविता, रवीन्द्र समीरका लघुकथा, होम सुवेदीका निवन्ध तथा कोमल भट्टका गजलहरू मझेरीमा पढ्न मन लाग्छन्, अन्य धेरै स्तरीय साहित्यकारहरू हुनुहुन्छ म उहाँहरूको अवमूल्यन गर्न चाहन्न ।

लेखकहरूलाई हामी लेख्दै जाउँ हाम्रा रचनाले संसार वदल्न सहयोग गर्न सक्छन् भन्न चाहन्छु भने पाठक महोदयहरूलाई नेपाली साहित्यको मिठास पान गर्दै निरन्तर लेखक, रचनाकारका गल्ती पहिल्याई सुधारिने मौका दिनुहोस् ।

चूडा निर्भीक

20150212_HomSuvedi-Interview-06

मझेरी भलाकुसारी, अंक १८ (होम सुवेदी)

नेपाली भाषा पनि माध्यम वा सम्पर्क भाषाको रुपमा छ । यसलाई नेपाल राष्ट्रको एक मात्र सम्पर्क वा माध्यम भाषाका रुपमा मान्यता भएकै छ र हुनुपर्छ ।

अहिले नेपाली भाषाको लेखनमा भाँडभैलो छ । यसैले भाषाको लेखन रुपलाई सुस्थिर र एक बनाउन राज्यबाट लामो समय दिएर, खर्च लगाएर योजना तयार गरी भाषिक कार्यहरू गरिनु पर्छ ।

प्रतिक्रियारहित पाठक भनेको विषविनाको सर्प जस्तो हो पाठकरुपी सर्पले टोक्ला भनेर लेखकले लेख्ता तर्छिइरहनु परोस् तब न गतिलो सामग्री आउँछ ।

– होम सुवेदी

20150228_KalpanaPoudelJigyasu

कल्पना पौडेल ‘जिज्ञासु’को “जून हराएको रात” बिमोचन

नवलपरासी गैडाकोट ४ घर भै हाल मध्यपूर्व इजरायललाई आफ्नो कर्म क्षेत्र बनाई नेपाली साहित्य आकाशलाई उठाउन सदा तत्पर लागिरहनुहुने गजलकार कल्पना पौडेल ” जिज्ञासु”ले दोस्रो गजल सङग्रह ”जून हराएको रात” लिएर आफ्ना पाठक माझ आउनु भएको छ ।

20141207_RamKrishnaPoudel-Interview-01

मझेरी भलाकुसारी, अंक १७ (रामकृष्ण पौडेल अनायास)

कविडाँडा कैलासनगर चितवनमा जन्मिए र कविडाँडाको माहोल साहित्यमा निकै नै तातिरहेकोले मलाई त्यो माहोलले छुटाउन सकेन ।
साहित्य भनेको हृदयको कलात्मक अभिव्यक्ति हो ।
हाल साहित्यमा एउटा नराम्रो बिकृति हाबी भएको छ – साहित्यमा गुट, उपगुट र राजनीतिक भातृ संगठन जस्तो बन्दै गइरहेको छ । यस्तो बिकृतिबिरुद्ध म साहित्यिक क्रान्ति पनि गरिरहेको छु ।
म आफै राम्रो पाठक बन्न सकुँ । अन्य पाठकले यो कुसल पाठक हो भनेर चिन्दा नै म सन्तुष्ट हुने थिएँ ।
-रामकृष्ण पौडेल अनायास

SadanandaAbhagi-02

मझेरी भलाकुसारी, अंक १६ (सदानन्द अभागी)

आत्मासन्तुष्टिको लागि लेख्छु । लेख्नको लागि अध्ययन गर्नुपर्छ, अध्ययन गर्दा ज्ञान बढ्छ ।
साहित्य लेखनमा प्रेरणाका स्रेात आदरणीय कविवर तथा मेरा स्कुलगुरु हरिभक्त कटुवाल नै हुनुहुन्छ ।
मझेरीसँगको सम्पर्कबाट मेरो लेखनकार्य तीब्र भएको छ । र मनले चाहेजति लामा लामा लेखहरू पनि लेख्न थालेको छु ।
नेपाली साहित्यले गति लिएको छ र अँझै यसको व्यपकताको आवश्यक्ता छ ।
-सदानन्द अभागी

शेखरका तीन कृति विमोचित

  • by

बिगत दुई दशकदेखि गीत, कविता, कथा, यात्रा स्मरण लगयात सम सामुहिक बिषयमा निरन्तर कलम चलाइरहेका शेखर ढुंगेलले यही मार्च ३० तारिखका दिन न्यु योर्कमा नेजाद्वारा आयोजित एक भब्य समारोहमा आफ्ना तीन बिबिध बिधाका कृतिको बिमोचन गरेका छन् ।

संयुक्त राष्ट्र संघको लागि नेपाली नियोगकी कामु प्रमुख सेवा अधिकारी, नेजाका अध्यक्ष आङछिरिंग शेर्पा, नेजाका पूर्व अध्यक्ष कृष्ण शर्मा तथा ढुंगेल स्वयमले संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो ।

अमेरिकामा नेपालीको सृजना

  • by

एक दशकभन्दा बढी अमेरिकामा संघर्षसिल जीवन बिताइरहेका शेखर ढुंगेलको पछिल्लो कृति “A Beautiful journey of struggle” हालै अमेरिकी बजारमा आएको छ ।

नेपाली स्रष्टाको अमेरिकी प्रेसले प्रकाशन गरेको साहित्य कृति नर्थ क्यारिलोना निबासी किसन उपाध्याय को The Last Orange पछि संभवत यो दोस्रो पुस्तक हो । यसभन्दा अगाडि उनको “शेखरका सय कविता “, “आंकाक्षा र सम्झना गीति संग्रह”, “कहाँ छ मेरो देश ?” (यात्रा स्मरण ), “क्षितिज पारिका सपनाहरू “(कथा संग्रह ) प्रकाशित भैसकेका छन् भने अर्को गीति संग्रह “कुनै दिन” पनि भर्खर मात्र म्युजिक नेपालले बजारमा ल्याएको छ ।

20130217_RajeshRumbaLamaInterview-02

मझेरी भलाकुसारी, अंक १५ (राजेश रुम्बा लामा अतृप्त)

गुट उपगुटको भकुण्डो गोल पोस्ट ताक्दै प्रहार गर्दै गरेका साहित्यिक खेलाडीहरू देख्दा डर लाग्छ ।
केही समयमा मेरो गीति संग्रह ‘अतृप्त रहर’ आउदै छ ।
सम्पूर्ण आदरणीय पाठक र मित्र बन्धुहरू … को माया, हौसला प्रेरणा र आलोचना नै मेरो अचुक अस्त्र हो समय र समाजका विसंगतिसँग लड्ने । यहाँहरूको तितो मिठो प्रतिकृयाको आशामा सधैं प्रतिक्षारत हुन्छु ।
विदेशिएपछि देशको माया अझ बढी लाग्दो रहेछ । समुन्नत राष्ट्रको सामू आफ्नो दुर्दशित देश देख्दा अति दुख्छ यो मन् । हरेक प्रहर कोतरिन्छ यो मुटु । त्यसैको प्रतिफल होला देशभक्तिका रचना ।
राजेश रुम्बा लामा अतृप्तका रचनाहरू
राजेश रुम्बा लामा अतृप्तका रचनाहरू (सूची)

20130126_GitaThapa-01

मझेरी भलाकुसारी, अंक १४ (गीता थापा दोषी)

सन्देश दिने, अन्याय अत्याचार बिरुद्द बोल्न साहस दिने, केही शिक्षा दिने उपयोगूी रचना गर्न रुचाउँछु । हाम्रो देश र समाजको लागि अहिले यस्तै उपयोगि रचनाहरूको खाँचो छ जस्तो लाग्छ ।
अरुको रचना पनि पढ्ने बानी बसालौ ।
साहित्य भनेको जीवन र जगत बुझाउने सुन्दर माध्यम हो ।
अहिलेसम्म हामी विदेशी लेखकको प्रशंसक भएर बाँचेका छौ । अब हामीले आफ्नै कला र साहित्यलाई माया गर्नुपर्छ र विश्व बजारमा पुर्याउन सहयोग गर्नुपर्छ भन्न चाहन्छु ।

20130112_BuddhiMoktan_01

मझेरी भलाकुसारी, अंक १३ (बुद्धि मोक्तान)

सत्य कुरा नै लेखाइमा परुन भन्ने चाहन्छु ।
सामान्य गाउँमा पनि एउटा पुस्तकालय होस, … साहित्य समाज होस्, जस्ले … कार्यक्रमहरू गर्ने, गाउँ ठाउँ अनुसारको राष्ट्रिय भाषा, स्थानीय भाषा, जात जाति भाषा जुनसुकैमा सिर्जना सिर्जित गरी वाचन गर्ने, सुन्ने, सुनाउने गरियो भने …
मझेरी भित्रको महानता बुझेर संसारको जुन सुकै कुनाबाट नेपाली साहित्यलाई माया गरेर लेख्नु हुने सबै आदरणीय लेखकहरूको, म पाठक हुँ… सिर्जनशिल र कर्मशिल भएर बाँच्नु नै साहित्यिक जीवन हो ।
बुद्धि मोक्तान

20121223_DeshSubba_MajheriBhalakusarai_01

मझेरी भलाकुसारी, अंक १२ (देश सुब्बा)

भयवाद भनेको जीवनलाई हेर्ने, सञ्चालन गर्ने विस्वास गर्ने अर्को दृष्टिकोण हो ।
रेखा कविता … एउटा विचार हो जीवन र जगतलाई हेर्ने । रेखाबाट जीवन, जगत हेरौँ भन्ने सोच हो ।
नेपाली साहित्यमा बहुलता आएको छ । यो सकारात्मक हो । लेखाइसँगै व्यवहारमा पनि बहुलताले स्थान पाउँदै गएको छ ।

NandaLalAcharya-05

मझेरीका लेखक आचार्य पुरस्कृत

  • by

‘शिक्षक मासिक’, जावलाखेल, ललितपुरले २०६९ असार/साउन अङ्कमा घोषणा गरिएअनुसार सञ्चालन गरेको ‘पूर्ण साक्षर नेपाल’ लेखन प्रतिस्पर्धामा लिटिल फ्लावर मावि, राजविराज-९, सप्तरीका शिक्षक नन्दलाल आचार्य र सरस्वती उच्च मावि, दुनै, डोल्पाका शिक्षक अर्जुनप्रसाद पोखरेल पुरस्कृत भएका छन् ।

पुरस्कारको रकम दामासाही रूपमा रु. २५,०००/- नगद रहेको छ । आचार्यको ‘जिउन सजिलो पार्छ’ र पोखरेलको ‘अक्षर मात्र साक्षरताको मानक रहेन’ शीर्षकका लेखलाई उत्कृष्ठ ठहर्याई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

SuryaChemjong-03

मझेरी भलाकुसारी, अंक ११ (सूर्य चेम्जोङ)

साहित्य मनोरञ्जनात्मक साथमा सन्देश मुलक हुनु नितान्त जरुरी छ ।
खाडीको गर्मीमा फुङ उडेको बालुवामा सपना खोजिरहेका छौँ बडो नमिठो लाग्छ ।
नेपाली साहित्यको … गति सही र प्रगतिको गतितर्फ लम्किरहेको छ ।
आउनुहोस्, हामी सँगै हातेमालो गरेर नेपाली साहित्यकासलाई विश्व साहित्यको हाराहारीमा पुर्याऔँ ।

-सूर्य चेम्जोङ : सूर्य चेम्जोङका रचनाहरू

BinaTamang-02

मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)

म … कुनै सीमामा बाँधिएर साहित्य सृजना गर्नु लेखकप्रतिको अन्याय ठान्दछु र म अन्याय सहन्न । स्वेच्छाले लेख तयार गर्छु …
जबसम्म समाजमा व्याप्त नारी उत्कण्ठाहरू सम्बोधन गरिदैन तबसम्म समाज परिवर्तनका लागि गरिएका आदर्शका गफहरू गफमै सीमित रहने । त्यसैले म नारी लेखनतिर साहित्यकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
अहिलेको नयाँ पिढीमा आफ्नो भाषाप्रतिको क्रेज बिस्तारै घटेर गएको देखिन्छ । यसबाट बिमुख नहोस भन्नाको हेतु पनि तामाङ साहित्यमा कलम चलाउनेको जमात बाक्लै देखिन थालेको छ ।
राजेश रुम्बा लामा ‘अतृप्त’ सर, … नन्दलाल आचार्यज्यू, तीर्थ यात्री पौडेलज्यू, ठिस बुढाज्यू, रुमन न्यौपानेज्यू, बुद्धि मोक्तान भाइ, सुषमा मानन्धरज्यू, रामकृष्ण पौडेल अनयाँसज्यू, आचार्य प्रभा दिदी, शरण आँशुज्यू र अन्य धेरै लेखकहरू मेरो मनपर्ने लेखकहरूमा पर्नुहुन्छ ।
नेपाली भाषा तथा साहित्यलाई सम्मान एवं माया दिउँ । नेपाली हुनुको परिचय दिउँ । नेपाली हुनुमा गौरव गरौं ।

बिना तामाङका रचनाहरूको लिस्ट : https://www.majheri.com/taxonomy_vtn/term/1531
बिना तामाङका रचनाहरू (सारांश सहित) : https://www.majheri.com/taxonomy/term/1531

२०६७ को साझा पुरस्कार दुबसु क्षेत्रीलाई

२०६७ को साझा पुरस्कार वरिष्ठ साहित्यकार दुबसु क्षेत्री (पुरा नाम: डा. दुर्गाबहादुर सुवेदी क्षेत्री)लाई प्रदान गरिने भएको छ । उनको हालै प्रकाशन भएको ‘अश्वमेध यज्ञका घोडाहरू’ कविता-संग्रहको लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

साझा प्रकाशनले गत भदौ ३ गते सो कुराको घोषणा गरेको हो ।