Skip to content

Bhawana

गजल

टाढा हुन जति खोज्छु उति समिप पाउछु उसको
मनैभरि राखिसके सजाएर तस्बिर जसको
अलग थिए पाइला पनि एकै बाटो लग्यो अब
नचाहेरै माया बस्यो दोष मानौ यसलाई कसको

अखाहरु पछ्याउछन आउने बाटो हेरी उसको

यथार्थता

म सोचिरहेथे शान्ति, लाश बनि चितामा पुगेछ
म खोजिरहेथे प्रेम, संसार बाटनै लोप भएछ
बुद्धको देशमा बन्दुकको बर्षा हुन्छ
भाइ भाइ लडे भने पिडाले आमाको मुटु दुख्छ

तिमी, म अनि हाम्री आमा

म पनि त्यही सामान्य मानिस हुँ
चोट पर्दा आँसु बग्छ आँखाबाट
पीडाले मुटु दुख्छ आनयास
खुशीको अनुभूति पनि गरेको छ यो मनले
आफ्नो देशको गौरब गाथाको बखान सुन्दा

तिमी

सकिन सायद मैले प्रेम भाव पढ्न
न त सके हृदयको चाहलाई बुझ्न
कति खोजे मनभित्र मुटुमा पो छौ कि
तर पनि सकिन नि ढुकढुकीलाई जान्न
किन होला गार्हो पर्यो तिमीलाई आफ्नो मान्न