म सोचिरहेथे शान्ति, लाश बनि चितामा पुगेछ
म खोजिरहेथे प्रेम, संसार बाटनै लोप भएछ
बुद्धको देशमा बन्दुकको बर्षा हुन्छ
भाइ भाइ लडे भने पिडाले आमाको मुटु दुख्छ
म हेरिरहेछु वैरी खुशीले ताली पिटिरहेछन्
म सुनिरहेछु आमा डाको छाडी रोइरहेछिन्

म सोचिरहेथें शान्ति, लाश बनी चितामा पुगेछ
म खोजिरहेथे प्रेम, संसारबाट नै लोप भएछ
राजनीतिको नाउँमा कुर्सीको होड चल्छ
बजेट सबै ब्लेन्स बन्दा विकासले घुम्टो ओड्छ
म हेरिरहेछु जनता नै त पीडित भएछन
म सोधिरहेछु के नेता आखा नदेख्न भएछन्?

म सोचिरहेथे शान्ति, लाश बनी चितामा पुगेछ
म खोजिरहेथे प्रेम, संसारबाट नै लोप भएछ
न्याय माग्न आवाज उठ्दा अपराध लुक्न खोज्छ
कानुनकै आश्रयमा अपराधी खुलेआम घुम्छ
म हेरिरहेछु कानुन पनि मुकदर्शक भएछ
म देखिरहेछु देश उँधो गतिमा गएछ

तपाइको आफ्नै
भावना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “यथार्थता”

Leave a Reply

Your email address will not be published. Required fields are marked *