Skip to content

सकिन सायद मैले प्रेम भाव पढ्न
न त सके हृदयको चाहलाई बुझ्न
कति खोजे मनभित्र मुटुमा पो छौ कि
तर पनि सकिन नि ढुकढुकीलाई जान्न
किन होला गार्हो पर्यो तिमीलाई आफ्नो मान्न

सकिन आँखाभित्र आफ्नै तस्बिर खोज्न
न त सके आँखा चिम्ली तिमीलाई नै रोज्न
कति सोचें माया हो कि मात्र मनको भ्रम
तर पनि सकिन नि यथार्तता जान्न
किन होला गार्हो पर्यो तिमीलाई आफ्नो मान्न

सकिन मन भित्र को आस्थिरता जान्न
न त सके त्यसैलाई माया नै हो मान्न
कति सोधे दैवसँग तिम्रै खेल पो हो कि
तर पनि सकिन न नि इसारालाई जान्न
किन होला गार्हो पर्यो तिमीलाई आफ्नो मान्न

सकिन तिमीलाई जीवनसाथी मान्न
न त सके तिमीलाई भनी आफन्तलाई छड्न
कति चाहे हत्केलाको रेखालाई पढ्न
तर पनि सकिन नि तिमी नै हौ जान्न
किन होला गार्हो पर्यो तिमीलाई आफ्नो मान्न

2 thoughts on “तिमी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *