टाढा हुन जति खोज्छु उति समिप पाउछु उसको
मनैभरि राखिसके सजाएर तस्बिर जसको
अलग थिए पाइला पनि एकै बाटो लग्यो अब
नचाहेरै माया बस्यो दोष मानौ यसलाई कसको
अखाहरु पछ्याउछन आउने बाटो हेरी उसको
सिथिल हुन्छन आशाहरु नदेखिदा दृश्य जसको
लुकायर लुक्नै छाड्यो बदनाम भए अब
नचाहेरै माया बस्यो दोष मानौ यसलाई कसको
सजिनुको अर्थ छैन पर्खाईमा बस्छु जसको
एकै नजर सृगारमा परे हुन्थ्यो मेरो उसको
साटी सके मुटु पनि कसोगरि माग्नु अब
नचाहेरै माया बस्यो दोष मानौ यसलाई कसको
कल्पनामा मात्र होइन सपना पनि आउछ जसको
खुशी छाउछ मुहारमा बोलि मात्र सुन्दा उसको
कसरि म सक्छु होला बिछोडमा बाच्न अब
नचाहेरै माया बस्यो दोष मानौ यसलाई कसको
तपाइको आफ्नै
भावना

भावनाG यसलाई गजल नभनि मात्र
भावनाG यसलाई गजल नभनि मात्र भावना मानौ हुन्न र ?
भवानी मिश्र जी,
कति राम्रो
भवानी मिश्र जी,
कति राम्रो छन्द कविता लेख्नु भएछ
kina nahunu bhawana nai ta ho
kina nahunu bhawana nai ta ho ni by the way great idea
thank you for the comment
ramro lagyo kin ho yasto
ramro lagyo kin ho yasto gajal lyakhanu vayako j hos ramro 6 aajha ramro garnu hai
ok byyyyyyyyyy.
Thanks a lot for everyone
Thanks a lot for everyone