म पनि त्यही सामान्य मानिस हुँ
चोट पर्दा आँसु बग्छ आँखाबाट
पीडाले मुटु दुख्छ आनयास
खुशीको अनुभूति पनि गरेको छ यो मनले
आफ्नो देशको गौरब गाथाको बखान सुन्दा
सकिन सायद मैले प्रेम भाव पढ्न
न त सके हृदयको चाहलाई बुझ्न
कति खोजे मनभित्र मुटुमा पो छौ कि
तर पनि सकिन नि ढुकढुकीलाई जान्न
किन होला गार्हो पर्यो तिमीलाई आफ्नो मान्न