Dasharatha
साथी
“मलाई किन फोन नगरेको ? अनि चिठ्ठी किन नलेखेको?” जुनुले मलाई भन्दै थिइन् । मैले पनि पसिनाको कमाइ सानो कोसेली बाँडिदिए । आफन्त दाङ्ग थिए । बर्षौपछि सबैसँग खुशी बाँडिरहें ।
“तिमीले मलाई यति माया गर्छौ । म तिमीलाई मेरो चेली बनाउँछु ।”
जूनु भन्थिन्, “मलाई माइतीको खाचो छैन ।”
मुग्लान जाँदा बाटो छेकेर रोकेकी अनि फर्कंदा कस्सेर अंगालेर “धन्य” भनिन् । सबैभन्दा खुशी उनैमा देखे, आखिर यो के साईनो हो? म पनि अझै भ्रममा नै थिएँ । मेरो बुझाई र उनको बुझाईमा प्रस्ट हुन खोजिन । कति जीवन भ्रममै पनि रमाइलो हुँदो रहेछ। सत्य तितो हुन्छ भनेर सत्यको खोजी मैले गरिन ।
जूनु मेरो हरेक दु:खसुखमा हुन्थिन्, आज पनि त्यो सम्बन्ध त्यस्तै लाग्यो । हाम्रो सम्बन्ध देखेर आमा पनि खुशी हुनुहुन्थ्यो । आमाले खुसुक्कै मलाई भनिन्, “छोरा यो सम्बन्धलाई अब मेरो घरमा फुलाउनु पर्छ ।”


