तिम्लाई छुने थोरै आट गरिन सानु
बैसालु नशाको मिठो मात भरिन सानु
साचो माया मेरो तिमी मात्रै थियौ
दाँयाबाँया चोरीमाया एक जात गरिन सानु
तिमी शित बनिरहयौ जूनबनी हेरिरहे
मर्यादालाई नाघेर एकरात झरिन सनु
माफ गर मलाई तिमी खडेरिले छट्पटाउदा
शितल पानी झर्र झर्र बर्षात झरिन सानु
माया हुन्छ मन्मा देखाउनु किन अरुलाई
हातसमाई बजार हाट मेलापात गरिन सानु
