DasharathRumdali


“मलाई किन फोन नगरेको ? अनि चिठ्ठी किन नलेखेको?” जुनुले मलाई भन्दै थिइन् । मैले पनि पसिनाको कमाइ सानो कोसेली बाँडिदिए । आफन्त दाङ्ग थिए । बर्षौपछि सबैसँग खुशी बाँडिरहें ।

“तिमीले मलाई यति माया गर्छौ । म तिमीलाई मेरो चेली बनाउँछु ।”

जूनु भन्थिन्, “मलाई माइतीको खाचो छैन ।”

मुग्लान जाँदा बाटो छेकेर रोकेकी अनि फर्कंदा कस्सेर अंगालेर “धन्य” भनिन् । सबैभन्दा खुशी उनैमा देखे, आखिर यो के साईनो हो? म पनि अझै भ्रममा नै थिएँ । मेरो बुझाई र उनको बुझाईमा प्रस्ट हुन खोजिन । कति जीवन भ्रममै पनि रमाइलो हुँदो रहेछ। सत्य तितो हुन्छ भनेर सत्यको खोजी मैले गरिन ।

जूनु मेरो हरेक दु:खसुखमा हुन्थिन्, आज पनि त्यो सम्बन्ध त्यस्तै लाग्यो । हाम्रो सम्बन्ध देखेर आमा पनि खुशी हुनुहुन्थ्यो । आमाले खुसुक्कै मलाई भनिन्, “छोरा यो सम्बन्धलाई अब मेरो घरमा फुलाउनु पर्छ ।”


एकछिन त म झसँग भएँ । फेरि आमाको इच्छा, यसैमाथि जूनुको म प्रतिको माया यो उपयुक्त सम्झें ।

एकान्तमा बोलें, “जूनु तिम्रो मायाले मलाई यो बोल्न वाध्य बनायो।”

“के ? के फेरि चेली ?” जूनु झर्किन् ।

“होइन, म तिमीलाई आमाको ईच्छा अनुसार मेरो अर्धाङ्गिनी बनाउन चाहन्छु ।”

“नाई नाई नाई” उन्ले मेरो मुख छोपिन् अनि चिच्याएर भनिन्, “तिमीले मलाई किन नबुझेको ? म तिम्रो प्रेम, प्यार होइन म त केबल साथी हो । प्रेम, प्रेमपछि बन्धन हुन्छ जुन बन्धन जेल हो । के तिमी मलाई जेलमा कोच्छौ । म त केबल आत्मीय साथी हो ।”

उनी रोइन्, कराइन् । सायद उनी ठुलो पीडामा थिईन्, भन्दै थिइन्- “जे नहोस् भन्थे त्यही भयो आज।”

माफ मागें । अब माफको के अर्थ ? बाचा गरिन् मेरो घर कहिले नआउने रे । फालिन् मेरा ती कोसेलीहरू । धिक्कारें आफूलाई अनि यो “साथी” लाई। यहाँ साथीको बहना गर्नेहरू मान्छेको भावना लुटेर जान्छन्, जिउँदो घाइते बनाएर जान्छन् । साथी र प्रेम शब्द फरक भए पनि सम्बन्ध किन उस्तै उस्तै ? म यो शब्दलाई घृणा गर्छु, जसले मेरो जीवनमा कालो दिन ल्यायो । मैले आमा अनि जूनु दुई नारीको मन हँसाउन सकिन ।

पुरै शरीर गले जस्तो भो। “के नारीको मन नारीले नै दुखी र सुखी बनाउँछ ?” आँफैलाई सोधें, “कि साथीलाई हेर्ने मेरो दृष्‍टि गलत भो ?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *