फर्मेट गर्न पाए हुन्थ्यो सारै पोल्छ मुटु
कस्तो भाइरस छिरेछ चल्नै छाड्यो मुटु
इन्स्टल गर भनिन छिटै एक्सेप्ट गरे मैले
एकै छिनमै ओपन हुन्थ्यो ढिलो गर्थी कहिले
फर्मेट गर्न पाए हुन्थ्यो सारै पोल्छ मुटु
कस्तो भाइरस छिरेछ चल्नै छाड्यो मुटु
इन्स्टल गर भनिन छिटै एक्सेप्ट गरे मैले
एकै छिनमै ओपन हुन्थ्यो ढिलो गर्थी कहिले
अरु प्रोग्राम ओल्ड लग्यो लेटेस्ट भै उनी
एकदिन ओपन नगर्दा रुने गर्थिन उनी
अपलोड गर भनी मैले पनि मुटु ब्राउज गरे
उनको सपोर्ट नपाउदा म त ह्यांग परे
डिजाइन गर्यौ धेरै स्लाईड गर्यौ सपना
व्यर्थै सेभ गरे अपुरो भो प्रिन्ट गर्ने चाहाना
उनको मुटु कपी गरे मतिर पेस्ट गर्न सकिन
पेस्ट भएका उनका साथ डिलिट गर्न सकिन
साइन अप गरे मेरै होला भनेर
लगइन भएन पासवर्ड रंग भनेर
च्याट गर्नु भनी आइडी दिए तिनलाई
ओके भनिन तिनले एड गरिनछन् मलाई
प्ले त हुन्थिन डाउनलोड गर्न सकिन
कोसिस गरिरहे प्ले गर्न कहिले सकिन
याहूमा खोजे तर उनि फेस्बूकमा गइछ
मलाई बोल्ने बोली अर्कैलाई कमेन्ट दिइछ
अचेल खालि छ मेरा याहूका इनबक्सहरू
सेन्ड पनि किन गर्नु पुरानो भो इनबक्सहरू
कहाँ छन् उनी, कि गृह स्टार्ट गर्दै होलिन
गूगलमा नि पाइएन सायद माया शेयर गर्दै होलिन
(-खोटाङ )
( लामिडाँडा,मयूर्खर्क -३)

sounds good.
sounds good.