Skip to content

Kanchan

तिम्रो माया छाया बनी बोलिरहेछ

तिमीसँग भेट्न नपाउदा
आशा अँझै दियो बनी बलिरहेछ
पल बिताउन वर्षौ कुरिरहनु परिरहेछ
तिम्रो माया छाया बनी बोलिरहेछ
तिमीसँग भेट्न नपाउदा

सपनाहरू हेर्ने इच्छा छैन मलाई

सपनाहरू हेर्ने इक्छा छैन मलाई
तिम्रो गहिराइमा डुबेर भविष्य अन्धकारमा बिलाई
जीवनभरको पीडा अनि क्षणिक माया पाउनलाई
सपनाहरू हेर्ने इक्छा छैन मलाई

चाहिँदैन भयो अब, मायाका महलहरू

बिर्सिदिन्थे सक्ने भए, तिम्रा ती अतितका मुग्ध पलहरू
बर्षिदिन्थे बग्ने भए, तिम्रा ती लजित युक्त छलहरू
चाहिँदैन भयो अब, मायाका महलहरू