Skip to content

सपनाहरू हेर्ने इच्छा छैन मलाई

सपनाहरू हेर्ने इक्छा छैन मलाई
तिम्रो गहिराइमा डुबेर भविष्य अन्धकारमा बिलाई
जीवनभरको पीडा अनि क्षणिक माया पाउनलाई
सपनाहरू हेर्ने इक्छा छैन मलाई

बनाउने छैन फेरि त्यही कहानी
एकान्तमा सम्झेर बसी रुनलाई
तिम्रो गहिराइमा डुबेर भविष्य अन्धकारमा बिलाई
सपनाहरू हेर्ने इक्छा छैन मलाई

जानेको थिइन आँशु बगाउनलाई
गयौ तिमी आँशुको उपहार दिलाई
तिम्रो गहिराइमा डुबेर भविष्य अन्धकारमा बिलाई
सपनाहरू हेर्ने इक्छा छैन मलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *