Skip to content

तिम्रो माया छाया बनी बोलिरहेछ


तिमीसँग भेट्न नपाउदा
आशा अँझै दियो बनी बलिरहेछ
पल बिताउन वर्षौ कुरिरहनु परिरहेछ
तिम्रो माया छाया बनी बोलिरहेछ
तिमीसँग भेट्न नपाउदा

तिमीसँग भावनाहरू साट्न नपाउदा
वेदनाहरू कविता बनी ओइरिरहेछ
मनका कुराहरू आँशु बनी झरिरहेछ

तिम्रो माया छाया बनी बोलिरहेछ
तिमीसँग भावनाहरू साट्न नपाउदा

तिमीसँगको साथ नपाउदा
बिछोडको पिंढाले मुटु चर्किरहेछ
खुट्टाहरू यात्रामा लड्खडाइॅ रहेछ
तिम्रो माया छाया बनी बोलिरहेछ
तिमीसँगको साथ नपाउदा

कंन्चन

पहिलो पटक प्रकाशित – 2013-05-24 04:36:30 +0900

1 thought on “तिम्रो माया छाया बनी बोलिरहेछ”

  1. मझेरीको मायाले मेरो मनमा
    मन्थन भै मौलाएको रचनाहरुलाई भरपुर मनभरी सजाई दिनुहुन आग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *