Skip to content

चाहिँदैन भयो अब, मायाका महलहरू


बिर्सिदिन्थे सक्ने भए, तिम्रा ती अतितका मुग्ध पलहरू
बर्षिदिन्थे बग्ने भए, तिम्रा ती लजित युक्त छलहरू
चाहिँदैन भयो अब, मायाका महलहरू

तर्सिसकेको छु तिम्रो माया पाएर
फर्किसकेको छु मेरो एक्लो छाया लिएर
चाहिँदैन भयो अब, मायाका महलहरू

बिताइसके तिम्रा ती वासनाका रहरहरू
भत्काइसके मेरा यी भावनाका शहरहरू
चाहिँदैन भयो अब, मायाका महलहरू

हारिरहेछु मेरो हरमा तिमी जित्ने भएकोले
गाइरहेछु मेरो मारमा तिमी रम्ने गरेकोले
चाहिँदैन भयो अब, मायाका महलहरू

3 thoughts on “चाहिँदैन भयो अब, मायाका महलहरू”

  1. Mero gajalma alikati type
    Mero gajalma alikati type mistake bhayeko rahexa dekheko jatti sachyako Xu, mitraharu majherima mero yo pahilo sahitya bhayekole hadbadhe jasto xu

    1. dhannebad xa sathi tapaiko sujab ko lagi
      Mero yo majherima pahilo nai ho sathi, sahitya malai teti ramro aaudaina Tara pani kosis matra gareko ho maile

Leave a Reply

Your email address will not be published. Required fields are marked *