भाग्य आफ्नो आफ्नो
सुर्यको पहिलो मिठो किरण भर्खरै पृथ्वीलाई स्पर्श गर्दै थियो । चराहरूका सुमधुर स्वरहरूले बिहानीलाई स्वागत गर्दै थिए । म अझै तन्द्रा मै थिए । घर नजिकैको एम्बुलेन्सको चर्को आवाजले मेरो निन्द्रा भङ्ग हुन्छ ।
उफ ! बिहान-बिहानै कस्लाई के भएछ ? म जुरुक्क उठे, झ्यालको पर्दा सरर खोलेर बहिर हेरे । मेमोशा भाउजूको आगनमा मान्छेहरूको भीड देखे । एम्बुलेन्स पनि त्यही रोकियो । म झसङ्ग भए अहो ! के भएछ ? दाइ धेरै पिउनु हुन्थ्यो बिरामी पर्नु भएछ कि के हो?

म मरे नि चुरा पोते त्याग्ने छैन बाचा गर ।
न त साथ दिन सक्छौ न त सँगै मर्न सक्छौ