Skip to content

Kumaryatri

भाग्य आफ्नो आफ्नो

सुर्यको पहिलो मिठो किरण भर्खरै पृथ्वीलाई स्पर्श गर्दै थियो । चराहरूका सुमधुर स्वरहरूले बिहानीलाई स्वागत गर्दै थिए । म अझै तन्द्रा मै थिए । घर नजिकैको एम्बुलेन्सको चर्को आवाजले मेरो निन्द्रा भङ्ग हुन्छ ।

उफ ! बिहान-बिहानै कस्लाई के भएछ ? म जुरुक्क उठे, झ्यालको पर्दा सरर खोलेर बहिर हेरे । मेमोशा भाउजूको आगनमा मान्छेहरूको भीड देखे । एम्बुलेन्स पनि त्यही रोकियो । म झसङ्ग भए अहो ! के भएछ ? दाइ धेरै पिउनु हुन्थ्यो बिरामी पर्नु भएछ कि के हो?

म मरे नि

म मरे नि चुरा पोते त्याग्ने छैन बाचा गर ।
रुदै रुदै हार गुहार माग्ने छैन बाचा गर ।

जबर्जस्ती पोते चुडाइ सिन्दुर त्यो धोइ देलान
तिमी भित्र हरूवापन जाग्ने छैन बाचा गर ।

गजल (जिउँदो हुँदा र मरेपछि)

_______________________________
जिउदो हुदा……
________________________________
गाउँको त्यो शान्ति छाडी शहरमा झर्नुभयो ।
सङ्घर्षको मैदान छाड्ने कायर जस्तै पर्नुभयो ।

शहरमा आउनु भयो तपाईँले के पाउनु भयो ?
धनी हुने स्वप्न बोकी सात समुद्र तर्नुभयो ।

KumarShrestha

नुर

साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे । तर आज अचानक पत्रिका परेको नजरले अचम्मै बनायो । हुन त मलाई पनि कहाँ अरबी पढ्न आउथ्यो र ? राजको मोबाइलमा देखेको फोटोको कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्का (साउदीमा महिलाले लगाउने कालो लुगा) लगाएर यात्रारत हुन्छन् यिनीहरू । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनीहरूको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् । राजलाई झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् ।

झरी दर्केपछि

माघ-फल्गुन महिनाको अन्त्य तिरको दिन हो । यो इज्रायलमा बहिर हिजो देखि नै दर्के झरी परिरहेको छ । राति त असिना पनि बर्सेको थियो ! आकाशको गड्याङ-गुडुङ ले मन् केही तर्से पनि, बर्सातमा म निकै रमाउछु ।

आखिर के नै गर्न सक्छौ ?

न त साथ दिन सक्छौ न त सँगै मर्न सक्छौ
भन प्रिय मेरो लागि आखिर के नै गर्न सक्छौ ?

आधा मुटु यता राखी आधा उता दिँदा पनि
नभएको कुरा गर्छौ मैले तिम्लाई भुँले भनी
न त बाँच भन्न सक्छौ न त ज्यानै हर्न सक्छौ
भन प्रिय मेरो लागि आखिर के नै गर्न सक्छौ ?