Skip to content


म मरे नि चुरा पोते त्याग्ने छैन बाचा गर ।
रुदै रुदै हार गुहार माग्ने छैन बाचा गर ।

जबर्जस्ती पोते चुडाइ सिन्दुर त्यो धोइ देलान
तिमी भित्र हरूवापन जाग्ने छैन बाचा गर ।

सेतो बस्त्र नलाउ भन्ने मलाई पागल ठाने भने
समाजको पछि पछि लाग्ने छैन बाचा गर ।

भने जस्तो सजिलो त छैन तोड्न रीतिथिति
तर पनि हार मानी भाग्ने छैन बाचा गर ।

बाकी जीवन मभन्दा नि माया गर्नेलाई दिनु
रोइ रोइ सारा जीवन काट्ने छैन बाचा गर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *