_______________________________
जीउदो हुदा……
________________________________
गाउँको त्यो शान्ति छाडी शहरमा झर्नुभयो ।
सङ्घर्षको मैदान छाड्ने कायर जस्तै पर्नुभयो ।
शहरमा आउनु भयो तपाईँले के पाउनु भयो ?
धनी हुने स्वप्न बोकी सात समुद्र तर्नुभयो ।
बुद्ध जन्मे नेपालमा सीता जन्मिन् नेपालमा नै
उहाँले त नेपालमा कत्ति ज्ञान छर्नुभयो ।
भोलि छोरो ठुलो भई पक्कै सोध्न सक्छ मलाई
बाबा हजुर देशको लागि भन्नुस के के गर्नुभयो ?
_______________________________
मरेपछि ….
_________________________________
सायद मैले हजुरको पहिचान कमाउनु छ
बाबा हजुर तपाईँ त नामै न’दी मर्नुभयो ।
