Skip to content

Sammohan

नेपाल उस्तै छ

हिजो अस्ति र आज चाल उस्तै छ
अझैपनि हेर हाम्रो बेहाल उस्तै छ ।

लोकतन्त्र ल्यायौ रे आभाष छैन हामीलाई त
परिवर्तन भयौं भन्यौ ताल उस्तै छ ।

कहाँ छ ?

दूरदराजका गाँउघरमा विकास कहाँ छ ?
भाषण हडताल वार्ता तर निकास कहाँ छ ?

भन्न त भन्छौ नी शान्ति र संविधान
एक आपसमा मेलमिलापको आभाष कहाँ छ ?

सिजो


माया लाग्छ मलाई आफ्नै नेपालको ।
संसारको उच्च गौरब हाम्रै सगरमाथा ।
पहिचान परिचय छवि हाम्रा ढलेका छन् ।


सिन्चेर त हेर ओईलाएका मनहरु ।
टाढालाई नजिक पार्ने आत्मासँगै जाड्ने ।

गजल

शान्त समुन्द्रको जस्तो स्थिर रैछ जीवन
नयन रुदाको आशु पिर रैछ जीवन ।।

उज्यालो पन्छाउन नसके पनि दिपले
उज्यालो दिने प्रकासको तिर रैछ जीवन ।।

भयानक डढेलोको जस्तो उग्रता पनि छ

गजल

नपिएकै जहर बढि लाग्दो रैछ सानु
बिर्सिएकै माया यहाँ जाग्दो रैछ सानु

एउटा स्वप्न जिन्दगीको संगसंगै देखेपनि
थाहै नपाई बिपनामा भाग्दो रैछ सानु

पलपल चस्किदिने बिछोडका घाउहरु

गजल

रातभरी सितको थोपा खस्यो आगनीमा
आज फेरी ब्यूझ्यो अतित डस्यो आगनीमा

थाहै पाईन त्यतिबेला केही पनि बेहोसीमा
कति खेर तिम्रो तस्विर बस्यो आगनीमा

समानान्तर रेखा जस्तै हाम्रो मिलन दौडिरहदा