Skip to content


दूरदराजका गाँउघरमा विकास कहाँ छ ?
भाषण हडताल वार्ता तर निकास कहाँ छ ?

भन्न त भन्छौ नी शान्ति र संविधान
एक आपसमा मेलमिलापको आभाष कहाँ छ ?

गरीबका सुदिन गणतन्त्रमा आउँछ भन्थ्यौ
अब देखाऊ गास बास कपास कहाँ छ ?

बनावटी शब्दजालमा सोझासाझा निमुखालाई
फसाउँदैछन्, स्वच्छ निर्मल आकाश कहाँ छ ?

आयुष चौधरी सम्मोहन
रझेना ५ कृष्णनगर बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *