Skip to content

रातभरी सितको थोपा खस्यो आगनीमा
आज फेरी ब्यूझ्यो अतित डस्यो आगनीमा

थाहै पाईन त्यतिबेला केही पनि बेहोसीमा
कति खेर तिम्रो तस्विर बस्यो आगनीमा

समानान्तर रेखा जस्तै हाम्रो मिलन दौडिरहदा
आशा सबै निराशा भै फस्यो आगनीमा

गाह्रो भयो पुरा गर्न जिन्दगीका पानाहरु
लेखिएन मनको ब्यथा पस्यो आगनीमा

नाम ः– आयुष चौधरी “सम्मोहन”
ठेगाना ः– रझेना ५ कौशिलानगर बाँके
हाल ः– रेडियो जन आवाज एफ. एम. ९७.३ मेगाहर्ज, नेपालगञ्ज बाँके

5 thoughts on “गजल”

  1. छक्कु उदासी

    शममोहन जी ! युनिकोडमा लेखे
    शममोहन जी ! युनिकोडमा लेखे सबै आभारी हुने थियौं । तपाईको रचना पढ्नै मिलेन ।

  2. Aayush ji sayed pahilo choti
    Aayush ji sayed pahilo choti ma tapaaiko rachana padna payeko ho
    khusi lagyo
    harek sher haru padu padu lagyo..
    थाहै पाईन त्यतिबेला केही पनि बेहोसीमा
    कति खेर तिम्रो तस्विर बस्यो आगनीमा

    1. ‘मनसुन’ जी धन्यवाद कमेन्टको
      ‘मनसुन’ जी धन्यवाद कमेन्टको लागी । वास्तवमा मझेरीमा यो मेरो पहिलो प्रयास हो । नयाँ श्रृजना पोस्ट गर्दै गरौला ।

  3. गजल राम्रो छ । आगामी दिनमा
    गजल राम्रो छ । आगामी दिनमा पनि यस्तै श्रृजना प्ढन पाइयोस् ।

    जिवन दाहाल
    सामाखुसी

  4. म पनि मनोज जी संग सहमत छु
    म पनि मनोज जी संग सहमत छु वास्तबमै प्रत्येक शेरहरु पढु पढु लाग्ने छन् ।
    आयुषजी आगामी दिनमा पनि यस्तै यस्तै गजल कविता पोस्ट गनुहोला ।

    बिपना पन्त
    नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *