हिजो अस्ति र आज चाल उस्तै छ
अझैपनि हेर हाम्रो बेहाल उस्तै छ ।
लोकतन्त्र ल्यायौ रे आभाष छैन हामीलाई त
परिवर्तन भयौं भन्यौ ताल उस्तै छ ।
शान्ती र संविधान नयाँ नेपालको
सोचे जस्तो केही भएन लाल उस्तै छ ।
दश बर्षे जनयुद्ध जनताको खातिर लड्यौ अरे
फर्की हेर पुष्पकमल नेपाल उस्तै छ ।
रझेना ५ कृष्णनगर बाँके
