Skip to content

Smithstuti

रहर र समानता

म सधैं रूखका हरिया पातहरू
हावाको तालसँगै यता उता फरफराएको देख्दा
रोमान्चित हुन्छु ।
तिमी सधैं त्यही पात हावाको बेगसँगै
धर्तीमा झर्दा रोमान्चित हुन्छ्यौ ।
अनि भन्छ्यौ
तिम्रो अनि मेरो रहर र समानता मिल्छ भनेर ।

यहाँ यस्तै छ

यहाँ यस्तै छ

जल्ने र जलाउनेको लर्को छ यहाँ
बस पहिचान गर्न सक्नु पर्छ ।

रूने भन्दा रूवाउनेको होडबाजी छ यहाँ
आशुको मुल्य बुझ्नु पर्छ॥

रमितेहरूको लस्कर छ यहाँ
रमितामा रम्न छोड्नु पर्छ ॥

नेपालमा के सक्कली के नक्कली ?

जन्माउने आमालाई स्पर्श गर्न नपाउदै
पहिलो स्पर्श गर्ने डाक्टरको
प्रमाण पत्रै नक्कली
घर खेत बन्धक राख्दै
उनैलाई भगवान ठानी अस्पताल जाने
सबै बिरामी सक्कली ।

भय

भय
लासको मुहारमा भय कहिल्यै देखिदैन
भय त लास हेर्नेहरूको मुहारमा पो देखिन्छ
स्वंयम मृत्युको अन्दाज लगाउन थाल्छ,
आफ्नो भावी कल्पना र सपना सबै बिर्सदै,
क्षणिक किन नहोस सच्चा मानव बन्ने कोशिस गर्दछ ।

मज्जै वेग्लै

मज्जै वेग्लै

आफु रक्सीले मातेको बेला
आफु भन्दा धेरै मात्नेले दिएको
अर्ती उपदेश सुन्नुको मज्जै वेग्लै ।

नेताले देश विकासको,
भ्रष्टाचारीले सुशासनको भाषण दिदा
सुन्नुको मज्जै वेग्लै ।

पराएले दया गर्दा,
आफन्तले साउती गर्दै कुरा काट्दा
सुन्नुको मज्जै वेग्लै ।

मौलिक धर्म,कर्म र ज्ञान गुण विर्सिएर
नयाँ नयाँ बाबा र साधु सन्तको पछि लाग्नेको
कुरा भन्दा,
के पी ओलीको भाषण सुन्नुको मज्जै वेग्लै ।

आफ्नोमा भोजभतेर हुदा छिमेकीलाई वास्ता नगर्ने,
छिमेकीकोमा हुदा आफ्नो परिवार सेल्फी
खिच्दै,
भोज खानुको मज्जै वेग्लै ।।

सन्तोष “विवश”