पुसको जाडोमा आफू चिसो खाएर
सधैं मलाई तातो खुवाउने मेरी आमा
आफू चिसो मजेरीमा सुतेर
हरपल तातो न्यानोमा सुताउने मेरी आमा
आफू भोको हुदा पनि
चिन्ता सधैं लालावालाको,
जाडोले स्वम थरथर काम्दा
पिर सधैं भुराको,
आफै प्यासले छटपटीदा पनि
चिन्ता गर्ने मुटुको टुक्राको,
कहिल्यै लालावालाको चिन्ताले नथाक्ने
महान ती मेरी आमा,
मेरो सच्चा भगवान स्वयम मेरी आमा

अामा प्रति नमन गरिएकाे कविता
अामा प्रति नमन गरिएकाे कविता सुन्दर र सार्थक छ ।
धन्यवाद,सविताजी
धन्यवाद,सविताजी