Skip to content

सन्तोष

यहाँ यस्तै छ

यहाँ यस्तै छ

जल्ने र जलाउनेको लर्को छ यहाँ
बस पहिचान गर्न सक्नु पर्छ ।

रूने भन्दा रूवाउनेको होडबाजी छ यहाँ
आशुको मुल्य बुझ्नु पर्छ॥

रमितेहरूको लस्कर छ यहाँ
रमितामा रम्न छोड्नु पर्छ ॥

गजल

कसैले देख्लान् भनी एकान्तमा लुकेर पागल बने
अचानक घाइते मुटु दुखेर पागल बने

सागरमा भावनाका छालहरू कहाँ खोज्नु
हेर्दा हेर्दै मनको खोली सुकेर पागल बने

कविता चुरोट र चुरोटको जीवन

कसैले बालिदिन्छन सुरुमा
ठुलो कस्ट साथ
निभ्न दिंदैनन हावा हुरी र पानी छेकेर
सुरु गर्छ आफैं बल्न
जति बल्छ घट्दै जान थाल्छ
खरानीमा बदलिन्छ
चुरोट र चुरोटको जीवन