Skip to content

मज्जै वेग्लै

आफु रक्सीले मातेको बेला
आफु भन्दा धेरै मात्नेले दिएको
अर्ती उपदेश सुन्नुको मज्जै वेग्लै ।

नेताले देश विकासको,
भ्रष्टाचारीले सुशासनको भाषण दिदा
सुन्नुको मज्जै वेग्लै ।

पराएले दया गर्दा,
आफन्तले साउती गर्दै कुरा काट्दा
सुन्नुको मज्जै वेग्लै ।

मौलिक धर्म,कर्म र ज्ञान गुण विर्सिएर
नयाँ नयाँ बाबा र साधु सन्तको पछि लाग्नेको
कुरा भन्दा,
के पी ओलीको भाषण सुन्नुको मज्जै वेग्लै ।

आफ्नोमा भोजभतेर हुदा छिमेकीलाई वास्ता नगर्ने,
छिमेकीकोमा हुदा आफ्नो परिवार सेल्फी
खिच्दै,
भोज खानुको मज्जै वेग्लै ।।

सन्तोष “विवश”

Leave a Reply

Your email address will not be published. Required fields are marked *