Skip to content

ambition

जिन्दगीको अन्तिम पल आउँदा कस्तो होला (गजल)

जिन्दगीको अन्तिम पल आउँदा कस्तो होला
आँखाअघि मृत्युले मुख बाउँदा कस्तो होला

शरीरभरिको बश्त्रहरू सारा उतारेर
सेतो कफन मैले लाउँदा कस्तो होला

गजल

मायाको सगर बगाई म त कुलो भैसकेछु
तिम्रो आखामा च्वास्स घोच्ने फूलो भैसकेछु

तिम्रो लक्ष्य बिशाल रैछ सगरमाथा सरि
कहाँ म त टुक्री टुक्री धुलो भैसकेछु

आफ्नै जीवन बोझ भई लतारिदैछु यहाँ

गजल

भन्दिन म आँसु पिई पलपल काटेको छु
धुजा धुजा परेको मुटु कसरि बाटेको छु

दिलको पीडा सागरसरी बिसाउँ कहाँ गई
नयनको चिसो लुकाई सबलाई ढाटेको छु

नआउ फेरी आंधी भई उडाउन मलाई

गजल

आमा अब छिटै मर्छिन् उपचार गर्ने कोहि छैन
बेहोशिमा छट्पटाउँदा’नि स्याहार गर्ने कोहि छैन

आँचल उनको लुटेराले तानी इज्जत लुट्दै छन्
हेरिरहन्छन् उनका छोरा प्रतिकार गर्ने कोही छैन

गजल

अचेल नेपाली हर मौसम हर याममा ब्यस्त
कोही शहरमा त कोही गाममा ब्यस्त

पेट्रोल नपाउने पेट्रोलको लाममा ब्यस्त
पेट्रोल पाउने सवारिको जाममा ब्यस्त