Skip to content

अनन्त लामिछाने 'एकल यात्री'

जिन्दगीको अन्तिम पल आउँदा कस्तो होला (गजल)

जिन्दगीको अन्तिम पल आउँदा कस्तो होला
आँखाअघि मृत्युले मुख बाउँदा कस्तो होला

शरीरभरिको बश्त्रहरू सारा उतारेर
सेतो कफन मैले लाउँदा कस्तो होला

गजल

मायाको सगर बगाई म त कुलो भैसकेछु
तिम्रो आखामा च्वास्स घोच्ने फूलो भैसकेछु

तिम्रो लक्ष्य बिशाल रैछ सगरमाथा सरि
कहाँ म त टुक्री टुक्री धुलो भैसकेछु

आफ्नै जीवन बोझ भई लतारिदैछु यहाँ

गजल

भन्दिन म आँसु पिई पलपल काटेको छु
धुजा धुजा परेको मुटु कसरि बाटेको छु

दिलको पीडा सागरसरी बिसाउँ कहाँ गई
नयनको चिसो लुकाई सबलाई ढाटेको छु

नआउ फेरी आंधी भई उडाउन मलाई

गजल

ज्यानै दिंदा पनि हुन्न निष्ठुरीलाई किन किन
गरीबको छोरोसंग इच्छा के छ भन तिमी

संसार छोडी तिम्रै साथ पाउनलाई तड्पेकोछु
तिम्रै प्रेमको भोको छु म भीक्षा के छ भन तिमी

“एकल यात्री”को ‘यी आखामा जुध्ने नजर अब अन्तै तरे हुन्छ’ को जवाफ

तिमीबाहेक कसैसंग नजर चार गर््या छैन
धरोधर्म तिम्रो कसम अन्त डेरा सर््या छैन

दिलदिमागमा तिम्रै मात्र तस्विर छु सजएकी
त्यती नीच नसोच न स्तरबाट झर््या छैन

विश्वासघाती भन्छौ मलाई कुरै नबुझि तिमी

गजल

मतभेद र वैमन्श्य जारी राख्नुस् माननीय
संविधान बन्ने मिति सारी राख्नुस् माननीय

तपाईंको फलिफाप भए पुगिहाल्यो नि हैन
स्वर्थी बनी जनतालाई मारीराख्नुस् माननीय

गजल

आमा अब छिटै मर्छिन् उपचार गर्ने कोहि छैन
बेहोशिमा छट्पटाउँदा’नि स्याहार गर्ने कोहि छैन

आँचल उनको लुटेराले तानी इज्जत लुट्दै छन्
हेरिरहन्छन् उनका छोरा प्रतिकार गर्ने कोही छैन

गजल

अचेल नेपाली हर मौसम हर याममा ब्यस्त
कोही शहरमा त कोही गाममा ब्यस्त

पेट्रोल नपाउने पेट्रोलको लाममा ब्यस्त
पेट्रोल पाउने सवारिको जाममा ब्यस्त