Skip to content

मायाको सगर बगाई म त कुलो भैसकेछु
तिम्रो आखामा च्वास्स घोच्ने फूलो भैसकेछु

तिम्रो लक्ष्य बिशाल रैछ सगरमाथा सरि
कहाँ म त टुक्री टुक्री धुलो भैसकेछु

आफ्नै जीवन बोझ भई लतारिदैछु यहाँ
हातको लट्ठी भाचीइदा लुलो भैसकेछु

तिम्रतिर चौरासी व्यंजन पाक्छन् अरे अचेल
भोक छैन मलाई चिसो चुलो भैसकेछु

तिमि साएद आकाशको विशालता थियौ
म त भुइंमा बिलाउने दुलो भैसकेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *