आमा अब छिटै मर्छिन् उपचार गर्ने कोहि छैन
बेहोशिमा छट्पटाउँदा’नि स्याहार गर्ने कोहि छैन
आँचल उनको लुटेराले तानी इज्जत लुट्दै छन्
हेरिरहन्छन् उनका छोरा प्रतिकार गर्ने कोही छैन
उनका आफ्नै छोराहरु काटाकाट गर्ने गर्छन्
अबरुद्ध छ उनको गला पुकार गर्ने कोहि छैन
आमालाई नै बेच्न यहाँ छोराहरु दाऊ कस्छन्
ती आमाको के हालत छ विचार गर्ने कोहि छैन
बन्द हडताल सुन्दा सुन्दा अब आमा थाकिसकिन्
शान्ति अनि सदभावको सन्चार गर्ने कोहि छैन
रगतको आहलमा आमा डुब्न लागिसकिन्
चिच्याउँदै छिन् हेर उनी उद्धार गर्ने कोहि छैन
aaataynta bdeswadi gajal
aaataynta bdeswadi gajal lekhnu bhayachha lamichhane ji………………………
Bastav ma hami eki aamaka chhoraharu ek aapasma kina ladnu paryo ra hai?? aakihr jit bhaya pani haar bhaya pani yautai ghar ma hunchha ni hai??
very nice…………… keep it up……………….