Skip to content

atript

यस्तो लाग्यो जिन्दगीमा,अब कुनै बहर छैन

“गीत”
यस्तो लाग्यो जिन्दगीमा,अब कुनै बहर छैन
आँधी आइ बगाइ लग्यो,मेरो कुनै सहर छैन
______________________________
घामको मुख नदेखे रै,गोधुलि साँझ आइ छाउँदा
रित्तो जिबन जिउंदैछु म,लाखौँ-लाख प्रहार पाउँदा
कोपिला मै ओइलियो यो मन,फुल्ने रहर छैन
आँधी आइ बगाइ लग्यो,मेरो कुनै सहर छैन
______________________________
यस्तो लाग्यो जिन्दगीमा,अब कुनै बहर छैन
आँधी आइ बगाइ लग्यो………………..
____________________
आफ्नो भन्ने छैन कोहि,एक्लै पारि गयो सबै
बिपतिमा पर्या देखि,माया मारी गयो सबै
सम्झनाको सागर सुक्यो,बग्ने अब लहर छैन

ङ्हाछ्याङ सोसी थप्राउ (तामाङ् भाषाको गजल)

ङ्हाछ्याङ सोसी थप्राउ धरेम,ङैनु जागीर चाबान मुला
होस लाउ या वा ओई साईली,लाहुर तसि ङा खाबान मुला

तिल्माका ङा लुते मुबाम्,चा आम्याङमबाला मकर राङ्बा,
तन्देम छोसी ल्हुन्दि राङ्,निक्कै घोर्ले ताबान मुला

बिना कारण् रुन्छ यो मन

“गज़ल”
बिना कारण् रुन्छ यो मन,किन किन कुनै बेला
सारै बैमान् हुन्छ यो मन किन किन कुनै बेला

कस्तो मन यो बोकेँ मैले, आफैलाई दिक्का लाग्ने
आँशु भै चुहुन्छ यो मन,किन किन कुनै बेला

नदी जस्तै बग्छ अनि,वादल् जस्तै उड्छ पनि
ओँठ्को खुशी थुन्छ यो मन,किन किन कुनै बेला

माकुरी झैँ आफ्नैसंसार,बनाउला जस्तै गरि
खै!त्यस्तै जाल बुन्छ यो मन,किन किन कुनै बेला

राजेश रुम्बा लामा “अतृप्त”

“मेरो दुवै अन्डा फुट्दा” लघु कथा

“मेरो दुवै अन्डा फुट्दा” लघु कथा
बीर बहादुर नाताले मेरो ठुलो बाबाको छोरा हो,तर सँधै जाँड रक्सि र तास खेल्ने उहाँको बानि थियो |
अनि हामी जस्ता साना साना नानी बाबुलाई कहिले खुर्सानी,कहिले कुखराको अन्डा आ-आफ्नो घरबाट चोरेर ल्याउन लाउथें र कि पैसा दिन्थे कि त उसैको सानु पसलबाट चकलेट चुइगम दिने गर्थे |

बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो

“गीत”
नखाएको बिष पनि,खाए सरी पारि दियो
बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो

कुन शब्दले पोखाउँ पिडा,भाछु पिरले लाछी सरि
भेल पछिको बगरमा,तड्पीने त्यो माछी सरि
सहन्थें दु:ख यो मुटुले,तिर हानेर झारी दियो
बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो

नखाएको बिष पनि,खाए सरी पारि दियो
बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो
………………….
कसको बिश्वाश भो र अब,आफ्नैले ठगे पछी
अन्तिम घडी न-आइपुग्दै,आर्यागाट लगे पछी
साथ् जुनी नबिर्सिने,पिरको मलाई भारि दियो
बाँच्ने रहर हुँदा हुँदै निर्मोहीले मारी दियो

आफ्नै भूमि प्यारो हजुर, पाओस हजार चोट

डाँफे नाच्ने बन अनि, गुराँश फुल्ने पाखा
बिर्सिएको छैन मैले, हिमालको काखा

कुन चरीले भुल्न सक्ला? आफ्नै रनाबन
टाढा हुँदा तड्पिँदै, रुन्छ बरु मन
सारंगीको धुन अनि लेक-बेंसीको भाका
बिर्सिएको छैन मैले, हिमालको काख ।

बल्ल थाहा भो मेरो भूमि, रहेछ स्वर्ग सरि

पाती फुल्यो अरे हजुर, मेरो खेतैभरि
रुँदै छिन रे बुढी आमा, बिलौना गरी

माना रोप्दा त्यही खेतमा, मुरी फल्ने गर्थ्यो
अभाव हुँदा दुई पैशाको, धान बेचेरै टर्थ्यो
हुर्क्या छोरा खाडी लाग्दा, धनको पछि परी
रुँदै छिन रे बुढी आमा, बिलौना गरी

तिम्रो ओंठको मुस्कान मेरो चाह त्यहि हो……..

जल्दै छ यो मुटु तिम्रो सम्झनामा देखाऊँ म को सामु ?
मेरो पीडा बुझ्ने तिमी टाढा भयो पोखाऊँ म को सामु ?

आफ्नै आँशु पनि शीत झैँ भयो अहिले, सुकेछ मूल पनि
पत्थर लाग्यो सारा तिम्रो साथ नहुँदा, सारो भो फूल पनि
जति टाढा हुनु तिमी मेरो आकाश, शिरमा जून राख है
तिम्रो निम्ति प्रिय रित्याई दिन्छु नस, चाहेमा खून माग है

हल्लै हल्लामा चलेको देश नेपाल

सडकको किनारमा एक अधबैसें लोग्ने मान्छेको लाश शरीरैभरि घाउ बोकेर मुडा झैँ लडेको छ । । वरपर त्यो लाश हेर्ने मान्छेको भीड देखिन्छ । पुलिसहरू पनि त्यो लाशको मुचुल्का उठाउदै छन् । पत्रकारहरू पनि आफ्नो नोट बुकमा त्यहाँको रिपोर्ट तयार पार्दै छन्, कोही त्यो लाशको तस्बिर कोण-कोणबाट आफ्नो क्यामरामा कैद पार्दै छन् । कोही पत्रकारहरू त्यहाँको बस्तु स्थिति प्रत्यक्ष प्रसारण गर्नका निम्ति लागि परेका छन् । कसैलाई थाहा छैन त्यो कसको लाश हो र कसरी सडकको किनारमा आफ्नो देह बिसायो ।

नभेटे रै साटिएछन,प्रिय हाम्रो मन

“गीत”
सयौं डाँडा तगारो छन्,अलग हाम्रो ज्यान
नभेटे रै साटिएछन,प्रिय हाम्रो मन |
______________________
बिधाताको लेखन हो या,कुन जुनीको पाप हो
अलग बसी तड्पिनु, के माया अभिशाप हो ?
तिम्रो यादमा रुन्छु हाँस्छु,कस्तो पागल पन
नभेटे रै साटिएछन,प्रिय हाम्रो मन |
सयौं डाँडा तगारो छन्……………………..
__________________________
मनमा हुरी चल्छ सानु,डर नि लाग्छ धेरै
टाढा छौ तिमी तर,भर नि लाग्छ धेरै
तिम्रै साथ् घुमौं लाग्छ डांडा पाखा वन
नभेटे रै साटिएछन,प्रिय हाम्रो मन |
___________________________
सयौं डाँडा तगारो छन्,अलग हाम्रो ज्यान
नभेटे रै साटिएछन,प्रिय हाम्रो मन |

कति छट्पटिन्छु म (तीन मुक्तक)

१,
कति छट्पटिन्छु म, हरेक साँझलाई सोधी हेर
कति गहारो हुन्छ एक्लै, बिछोडको खोल ओडी हेर
भन्न त भन्छन् सबले, धन टिप्दैछ परदेशमा,
कति मुटु दुख्छ यहाँ, आफ्नो भूमि छोडी हेर । 🙁

धर्म कर्म सबले छाड्दा, प्रकृतिले नि ठग्यो

बिहानीमा शित खोजे, बैंशालु त्यो पातले
झर्न दिएन ठग्यो भन्नु, अँधेरी त्यो रातले

धर्म कर्म सबले छाड्दा, प्रकृतिले नि ठग्यो ठान्नु
कर्म सुन्य थियो हाम्रो, त्यसैले फल गुम्यो मान्नु
छुन मागे टल्किने शीत, सुन्दर कोमल हातले
झर्न दिएन ठग्यो भन्नु, अँधेरी त्यो रातले

सुझाब

कातिकको महिना मौसम पनि निक्कै रमाइलो थियो, बाहिरको कोलाहालले नमिठोसँग चिथोरिंदा म भातको गाँस मुखमै राखी बाहिर कुदेँ । म छाँगाबाट खसे झैं भो जब मेरो लुते कुकुरलाई छिमेकी गाउँको एउटा भुत्ते कुकुरले जमिनमा धसार्दै थियो । हत्त न पत्त मैले त्यो भुत्ते कुकुरलाई ढुंगाली हानेर भगाएँ, केही क्षेणमै मेरो कुकुरको प्राणपखेरु उड्यो ।

मैले मात्रै नभई वल्लोपल्लो घरको सबैले निक्कै माया गर्थे मेरो कुकुरलाई। किनकि अरु कुकुर जसरी अन्त कतै जाने थिएन र घर गाउँमा स्याल पस्न दिने थिएन ।

आफ्नै जीवन आफैलाई,अहिले भार भयो

“गीत” घरकी छाडी अन्तै नजर,लाउँदा हार भयो आफ्नै जीवन आफैलाई,अहिले भार भयो ___________________________ बैंश छँदा… Read More »आफ्नै जीवन आफैलाई,अहिले भार भयो

तिम्रै रानी हुँ भन्नेले पार्यो मलाई रुनी

“गीत”
मन नदुखाऊ मेरो राजा,मौका मिल्द बोल्छु भन्थी
नखोलेको मनको कुरा त्यहि बेला,खोल्छु भन्थी |
_______________________________
उनको सामु पर्दा आज,अन्तै तर्कियो हो…….
थाहा छैन कुन शब्दले ,त्यो मन चर्कियो
हाम्रो प्रेम फूलाउनालाई,सबै जोखिम मोल्छु भन्थी
नखोलेको मनको कुरा त्यहि बेला,खोल्छु भन्थी |
_______________________________
कोमल लाग्थ्यो त्यो मन फूल झैं,किन बदल्यो कुनी
तिम्रै रानी हुँ भन्नेले पार्यो मलाई रुनी
सयौं जुनी आँशु हाँसो,एकापसमा घोल्छु भन्थी
नखोलेको मनको कुरा त्यहि बेला,खोल्छु भन्थी |
_______________________________

त्यसैले त प्रण गरौँ धुम्रपान त्याग्नलाई

आज मेरो छाती दुख्यो, भोलि तिम्रो दुख्न सक्छ
कल-कलाउँदो बैंश हाम्रो, पात-सरी सुक्न सक्छ

त्यसैले त प्रण गरौँ धुम्रपान त्याग्नलाई
जागौं अब हे युवा मद्यपान गर्न छाड्नलाई
गर्व गर्न लायक हुन्नौं, सन्ततिले थुक्न सक्छ
कल-कलाउँदो बैंश हाम्रो, पातसरी सुक्न सक्छ

आफ्नै भेषमा हुन्छ इज्जेत गर्व गरि पर्छ जिउनु

“गीत” पटुकिले कस्नु गुनिउ लाज छोप्न च्याते सिउनु आफ्नै भेषमा हुन्छ इज्जेत गर्व गरि पर्छ… Read More »आफ्नै भेषमा हुन्छ इज्जेत गर्व गरि पर्छ जिउनु