हल्लै हल्लामा चलेको देश नेपाल


सडकको किनारमा एक अधबैसें लोग्ने मान्छेको लाश शरीरैभरि घाउ बोकेर मुडा झैँ लडेको छ । । वरपर त्यो लाश हेर्ने मान्छेको भीड देखिन्छ । पुलिसहरू पनि त्यो लाशको मुचुल्का उठाउदै छन् । पत्रकारहरू पनि आफ्नो नोट बुकमा त्यहाँको रिपोर्ट तयार पार्दै छन्, कोही त्यो लाशको तस्बिर कोण-कोणबाट आफ्नो क्यामरामा कैद पार्दै छन् । कोही पत्रकारहरू त्यहाँको बस्तु स्थिति प्रत्यक्ष प्रसारण गर्नका निम्ति लागि परेका छन् । कसैलाई थाहा छैन त्यो कसको लाश हो र कसरी सडकको किनारमा आफ्नो देह बिसायो ।

सडकमा धेरै गाडीहरू लाशलाई नजर लाउदै गैसक्यो र आउने क्रम पनि जारी छन् । कसैले पिच्च थुक्दै लाशलाई पार गरी आफ्नो गाडी गन्तब्यतर्फ हुईक्याउँदैछन् त कोही चुक चुक गर्दै गन्तब्यतर्फ लाग्दै छन् । जति मान्छेको नजर पुग्छ त्यति नै त्यहाँ गाँइगाँई-गुँईगुँई मचिन्न थाल्छ । केही बेर अघिसम्म लाशको बारेमा सबै अनभिज्ञ थिए । केही समय अन्तरालमै त्यो लाशको बारेमा सयौं कुराहरू उठिसकेको थियो ।

कोही भन्दै थिए – “बिचरा कहाँको मान्छे हो कसरी मृत्यु भो ?”

कोही भन्दै थिए – “यो एक नम्बरको डाँका जस्तो छ ।”

कोही भन्दै थिए – “होइन यो त हाम्रै गाउँ घरमा हंसिया, कोदालोसँग अन्न साट्ने बीरबहादुर बि .क. जस्तो छ ।”

यस्तै यस्तै हल्लै हल्लामा त्यो सडक जाम हुन्छ । केही मगज बिग्रेका युवाहरूले गाडी तोडफोड गर्न थाल्छन, लामो दूरीका बसका युबतीहरू प्रति कुदृष्टि राखेर अश्लिल शब्दहरू प्रयोग गर्छन । यतिकैमा यातायात ब्यबसायहरूले पनि यातायात बन्द गरेर नाराजुलुस लाउन थाल्छन, आफ्नो तोडफोड भएका गाडीको क्षतिपुर्ती दाबी गर्दै सरकार बिरुद्द चर्क नारा लाउछन ।

पुलिसहरू मुक दर्शक बनेर बसेको हुन्छन । रातारात यो एउटा बेवारिसे लाशले राष्ट नै तताउँछ । । यही लाशको नाममा कयौं पार्टीहरूले हल्लै हल्लाको भरमा सडकमा सरकार बिरुद्ध आन्दोलन मच्चाउँछ । सदन अबरुद्ध गर्छ । तर कसैलाई थाहा छैन त्यो कसको लाश हो र कसरी मृत्यु भो । तर पनि सबै भन्दै छन् आफु निकटका कार्यकर्ता हो । अनि कोही भन्दै छन् -“यो दलित भएकै कारण मृत्युबरण गर्नु परेको हो ।” विभिन्न सामाजिक संग संस्था पनि होमा हो थप्दै आन्दोलनको घोषणा गर्छन । मानव अधिकारबादी र नागरिक समाज पनि मान्छे पिच्छे बिरोध गर्दै छन् ।

यस्तै यस्तै बिरोध र अन्दोलानै आन्दोलनमा दिन बित्छ, हप्ता पुग्छ । अँझै पनि त्यो निर्दोष लाश सडकमै बेवारिसे अवस्थामा पल्टिरहन्छ र संघसंस्था र पार्टीका टाउकेहरूको निम्ति त्यो एक बिक्रीमा राखेको सामान बन्छ । कोही यति लाख क्षतिपूर्ति चाहिन्छ भन्दै थियो त कोही यसलाई अज्ञात तत्वले हत्या गरेकोले शहिद घोषणा गर्नु पर्छ भन्दै मच्चिरहेको थियो । अनि जति समय बित्दै जान्छ त्यति नै नयाँ रुप लिन थाल्छ त्यो घटनाले ।

सडक तताउने तताकै छन्, सदन तताउने सदन तताउदै छन् सरकार बिरुद्ध । अनि सरकार बिबश भएर त्यो आन्दोलन मत्थर पार्न अनि त्यो लाशको अन्त्यष्टिको निम्ति, तिनै अन्धाधुन्द बिरोध गर्नेहरू मध्य केहीको संलग्नतामा अनुसन्धान आयोग गठन हुन्छ ।

निकै दिनको अनुसन्धानपछि थाहा हुन्छ त्यो एकजना अधिक मादक पदार्थ पिई मृत्यु भएको एक नाम्ले (भरिया) जो हात मुख जोड्नका निम्ति गाउँ छोडी काठमाडौँ उपत्यकामा काम गर्न निस्केको थियो । र, नेपाल बन्दले बीचबाटोमा अलपत्र परेका यात्रुको लाश हो ।

अझै पनि पार्टीका टाउकेहरू चुप लाग्ने स्थितिमा छैनन् ।

राजेश रुम्बा लामा “अतृप्त”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *