atript
गार्है हुदोँ रैछ पाउन बिष समेत माग्दा
“गीत” पुर्णे साँझ देख्ने जूनलाई,पापी ग्रहण लाग्दा मनको बस्ति अँधेरो भो बादल आइ ढाक्दा ~… Read More »गार्है हुदोँ रैछ पाउन बिष समेत माग्दा
माँ’कसम टाउकै फोरौं लाग्छ/
“गजल”
केछ-केछ तिम्रो रुपमा,हेरौं-हेरौं लाग्छ
तिम्रो बिम्ब सामु राखी,तस्बिर कोरौं लाग्छ
मान्छे तिमी काली नै हौ,चम्के छौ क्रिमले
थाहा छ तिमी परैको हो,तर चोरौं लाग्छ
सुन्छु अझ तिम्ले जन्म्या,धेरै छन् रे सेना-मेना
जेत पर्ला आँट गरेर,सबै सोरौं लाग्छ
तिम्रो निम्ति पागल भएँ,लजित छु आफै
तिम्रो निम्ति माँ’कसम टाउकै फोरौं लाग्छ/
….राजेश रुम्बा लामा “अतृप्त”
क्षितिज तिर हेर प्रिय,लाली छाको छ
“गीत”
क्षितिज तिर हेर प्रिय,लाली छाको छ
तिमीले मैले प्रित लाउने,बेला आको छ
________________________
चुल्ठी बाटी खेतको गह्र,धान झुलाउदै
शिशिरयाम ल्यायो हेर,बैशा फूलाउदै
मलाई पनि यै मंगसिरमा,आँटौ भाको छ
तिमीले मैले प्रित लाउने,बेला आको छ
________________________
सुन्दै छु म घन्की सक्यो,पारि नौमती
मनमा कुरा खेल्छ अन्यक.लाग्छ काउकुती
तिमीलाई पनि मलाई जस्तै,भा झैँ लाको छ
तिमीले मैले प्रित लाउने,बेला आको छ
_________________________
क्षितिज तिर हेर प्रिय,लाली छाको छ
तिमीले मैले प्रित लाउने,बेला आको छ
>राजेश रुम्बा लामा “अतृप्त”
०६-११-२०११
नझस्काउ मुटु हाँसेर टार्नु,पागल थियो त्यो भनि
“गीत”
अलि-अलि गर्दै निको हुनेछ,छोड यी मेरा घाउ
दुख्न देउ यो छाती सहन्छु म,प्रियतम तिमी जाउ
_______________________________
अरु त केहि सकेन दिन,लगि जाउ कहानी
कोरेर राख्नु स्मृति भित्र,त्योइ राख्नु सिरानी
मलाई नि चाहिन्न तिम्रो खुशी,याद मात्रै बनि आउ
दुख्न देउ यो छाती सहन्छु म,प्रियतम तिमी जाउ
________________________________
कुनै बेला म नि आउन सक्ला,तिमी माझ याद बनि
नझस्काउ मुटु हाँसेर टार्नु,पागल थियो त्यो भनि
हेर्ने छु आकास तिम्रो वियोगमा,जून बनि सँधै छाउ
दुख्न देउ यो छाती सहन्छु म,प्रियतम तिमी जाउ
_________________________________
अलि-अलि गर्दै निको हुनेछ,छोड यी मेरा घाउ
दुख्न देउ यो छाती सहन्छु म,प्रियतम तिमी जाउ
___________________________
राजेश रुम्बा ला
सुन्छु तिमी जाँदै छौ रे, धेरै-धेरै पर
अलग हाम्रो शहर अँझै, टाढा हुनु रहेछ
औधी माया लाग्थ्यो तिम्रो, सम्झी रुनु रहेछ
सुन्छु तिमी जाँदै छौ रे, धेरै-धेरै पर
होसमा जाँगर तर्नु सानु, आफ्नु ख्याल गर
तिम्रो याद दिलमा राखी, तस्बिर छुनु रहेछ
औधी माया लाग्थ्यो तिम्रो, सम्झी रुनु रहेछ
हिमशिखा झैं तिम्रो मुहार, सँधै खुशी राख्नु
अभाब हुन नदेउ मनलाई, सँधै झुसी राख्नु
मेरो खुशी आँशु बगाई आज धुनु रहेछ
औधी माया लाग्थ्यो तिम्रो, सम्झी रुनु रहेछ
अलग हाम्रो शहर अँझै, टाढा हुनु रहेछ
औधी माया लाग्थ्यो तिम्रो, सम्झी रुनु रहेछ
दागको कुरा नगरी सँधै बर्णन गर्नु आ’रे
गजल”
धर्ति बनि बसेको थिएँ,जून बनि चम्की उनि
छरेर बैसालु चाँदनी,यता-उति लम्की उनि /
____________________________
पग्ली हाल्यो मेरो बैंस उनको नसालु रोशनीले
उनि संगै म घोल्न खोज्दा घमण्डले गम्की उनि /
______________________________
धर्ति हुनु गर्ब थियो मलाई पनि धेरै-धेरै
बादल बोलाई ढाकि दिएँ रिसाएर बम्की उनि /
_______________________________
दागको कुरा
सागर जस्तै गहिरो पहाड जस्तै अटल हामी दुइ हुनु पर्छ है
“गीत” सागर जस्तै गहिरो पहाड जस्तै अटल हामी दुइ हुनु पर्छ है चिर्न सक्ने बादल… Read More »सागर जस्तै गहिरो पहाड जस्तै अटल हामी दुइ हुनु पर्छ है
तिम्रो चाह बोक्छ यो मन चारैतिर घुम्छ
मलाई जस्तै तिमीलाई पनि त्यस्तै हुनी भए
खै त मलाई खबर सानु त्यो मन रुनी भए?
तिम्रो चाह बोक्छ यो मन चारैतिर घुम्छ
नभेट्दा कतै तिमी आँशुले परेली चुम्छ
साँच्चै याद आउँदा मेरो मुटु छुनी भए
खै त मलाई खबर सानु त्यो मन रुनी भए?
थाहा त थियो तिमीलाई पनि एक्लै हुन्छ भन्ने
तिम्रो अभाब हुँदा खेरि खोज्दै रुन्छ भन्ने
किन नाटक गर्यो सानु त्यो मन खुनी भए ?
खै त मलाई खबर सानु त्यो मन रुनी भए?
मलाई जस्तै तिमीलाई पनि त्यस्तै हुनी भए
खै त मलाई खबर सानु त्यो मन रुनी भए?
–राजेश रुम्बा लामा “अतृप्त”
