राजेश रुम्बा लामा
झरी र उनी
झरीमा रुझ्दै, भिज्दै हिड्न मन पराउने मेरो निम्ति आजको सिमसिमे पानी केही थिएन । यद्धपि साथमा रहेका ल्यापटप् र डकुमेन्टहरूको सेफ्टीको लागि गुडिरहेको बाइकलाई सडक किनारमा रोकीराखी नजिकैको भट्टी (खाजा घर) भित्र पसें । नजिकै बिरअस्पताल भएर होला मान्छेको भीड निक्कै बाक्लो देखिन्थ्यो भट्टीमा । उसो त कति त मै जस्तो झरी छल्नको निम्ति पनि भट्टीमा ओत लाग्न छिरेका होलान् । जाँड पिएर ढलेको बुढो मान्छे झैं भट्टी कुनामा ढलिरहेको मुढा तानी बसें । यतिनै खेर एक परम सुन्दरीको आगमन भो र कति न पहिले देखि नै परिचित झैं गरी –“दादा हजुर आज टाढै जानु भएको हो?” भनी प्रश्न गरिन् ।
महिला हिंसा भो कि पुरुष हिंसा ?
मलाई लाग्दैन अब म कसैको निम्ति बाँच्नु पर्छ र अरु पनि मेरो निम्ति बाँचुन । हो, उमेरले दुई बीस पार गरी सक्दाको यो क्षेणमा मैले यती बिग्न पीडाको सामना गर्नु पर्छ भने मैले बाँच्नुको कुनै औचित्य रहन्न ।
जवानीमा सुनकोशी र भोटेकोसी दुई हातले छेक्न सक्ने म बिरसिंह त्यतिकै कहलिएको थिएन सिन्धुपाल्चोक जिल्लामा । कतिलाई काटियो, कतिले आफूलाई काटे त्यो गनि गनी साध्ये नै छैन । गाउँले परिबेशमा जन्मे, हुर्के पनि खान लाउनको निम्ति कुनै कमि थिएन मलाई ।
