राजेश रुम्बा लामा

कुनै बेला गुलियो थ्यो

कुनै बेला गुलियो थ्यो सख्खर जस्तो जिन्दगी यो
आजभोलि रिङ्ग्याउने चक्कर जस्तो जिन्दगी यो

देख्छु पर क्षितिजमा लक्ष्य मेरो झुण्डेको छ
भेट्छु भनी हिड्दा लाग्ने ठक्कर जस्तो जिन्दगी यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

घुमी-घुमी आयो ऋतु

घुमी-घुमी आयो ऋतु, ल्यायो दशैं बोकी
मेरै बाटो आँखा बिछ्याई होलिन आमा रोकी

आफ्नै आँगन नटेकेरै धेरै दशैं गयो
आउँछु आमा भन्थें सधैँ, ढाँटे जस्तै भयो
हरेक दशैं दशा बन्छ, भाग्य त्यस्तै हो कि?
मेरै बाटो आँखा बिछ्याई हौलिन आमा रोकी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यात्राभरि त रहेछौ नि

यात्राभरि त रहेछौ नि मेरो साथ खोजेकी
गन्तव्यमा पुग्यो आज हेर पराई सोँचेकी

भन्नेहरू भन्ने गर्थ्यो आहिले प्रेमको जमान छैन
त्यस्तै रहेछ थाहा पाएँ आफ्नो भन्ने आफ्नो भएन
जंघार तर्न खोज्यो सँगै आहिले बाटो अन्तै रोजेकी
गन्तव्यमा पुग्यो आफू हेर पराई सोचेकी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुस्कान यो झर्दैछ

मुस्कान यो झर्दैछ आई हँसाइदेऊ न साथी
यहाँ देश मर्दैछ आई बचाइदेऊ न साथी

कामज्वरो आएर थरथराएको छ मेरो देश
स्थेस्कोप ल्याई ढुकढुकी जचाँइदेऊ न साथी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कुनै चिन्ता छैन मलाई

कुनै चिन्ता छैन मलाई यो जिन्दगी ढल्किन देऊ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झी कल्पिन देऊ

उदाएका सबै तारा हुन्छन् भन्ने हुन्न बिहान
लाखौँ सपना मरिसके हाँस्दै छन् आफ्नै चिहान
कुनै ठुलो होइन आँशु यी आँखामा छल्किन देऊ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झी कल्पिन देऊ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सागर म लहर बनी

सागर म लहर बनी चन्द्र तिमी छुन्छु
सुस्त सुस्त पवन बनी अङ्ग तिम्रो चुम्छु

जब छुन्छु शरीर तिम्रो कम्पन् यस्तो हुन्छ
बढ्दै जाँदा दिलको धड्कन श्वास मेरो थुन्छु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लोरा बनी सधैँभरि (तीन मुक्तक)

१)
लोरा बनी सधैँभरि तिमीमाथि नाचिदिम्ला
पिरो नूनिलो जति होस न तिमीसँगै बाँची दिम्ला
थाहा पाई थाहा पाई घोटी घोटी जिन्दगी नै सक्छ थाहा छ
तर पनि भुली चोट तिमीसँगै हाँसी दिम्ला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झरी र उनी

  • by

झरीमा रुझ्दै, भिज्दै हिड्न मन पराउने मेरो निम्ति आजको सिमसिमे पानी केही थिएन । यद्धपि साथमा रहेका ल्यापटप् र डकुमेन्टहरूको सेफ्टीको लागि गुडिरहेको बाइकलाई सडक किनारमा रोकीराखी नजिकैको भट्टी (खाजा घर) भित्र पसें । नजिकै बिरअस्पताल भएर होला मान्छेको भीड निक्कै बाक्लो देखिन्थ्यो भट्टीमा । उसो त कति त मै जस्तो झरी छल्नको निम्ति पनि भट्टीमा ओत लाग्न छिरेका होलान् । जाँड पिएर ढलेको बुढो मान्छे झैं भट्टी कुनामा ढलिरहेको मुढा तानी बसें । यतिनै खेर एक परम सुन्दरीको आगमन भो र कति न पहिले देखि नै परिचित झैं गरी –“दादा हजुर आज टाढै जानु भएको हो?” भनी प्रश्न गरिन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

घामलाई घाटमा पुर्याएर

घामलाई घाटमा पुर्याएर जूनकिरी फर्किरहँदा
आउनु तिमी चन्द्रमाले सूनपानी छर्किरहँदा

मै बस्नेछु ओ प्रिय ! तिम्रै बाटो हेरी
चौतारीको बरको रुखमा हाम्रै नाम कोरि
कि त आउनु मध्यरातमा ठुलो पानी दर्किरहँदा
नत्र आउनु चन्द्रमाले सूनपानी छर्किरहँदा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आफ्नै पाउले टेक्न सिकौं

  • by

आफ्नै पाउले टेक्न सिकौं, स्वविवेकले चलौं हामी
बाहिरी सहारा चाहिन्न भो, आफै दियो बालौं हामी

सबै अर्ती दिने हुन्छन हाम्रो ईज्जत टेकी यहाँ
धावा बोल्छन् मौका मिल्दा, निरिह हामी देखि यहाँ
गरौं साहस देशको खातिर, ढल्नुपरे ढलौं हामी
बाहिरी सहारा चाहिन्न भो, आफै दियो बालौं हामी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फूल जस्तो सुन्दर

  • by

फूल जस्तो सुन्दर कोमल मुहारमा हराइरहेँ
आफै भुली एकोहोरो तिम्लाई मन पराइरहेँ

तिम्ले पनि माया दियौ के थाहा त्यसमा घात छ भन्ने
धनी हुँदा जूनै ठान्थेँ के थाहा धनमा रात छ भन्ने
आफ्नै धन घातक बन्यो तिम्ले माया मारी जाँदा
रुनु पर्यो किनारामा तिम्ले एक्लै छाडी जाँदा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकाबिहानै काग उड्दै

  • by

एकाबिहानै काग उड्दै काँ-काँ भन्छ यो शहरमा
कुकुर भुक्दै सबै दुषित खा-खा भन्छ यो शहरमा

भँगेराको हुल नाच्दै गिज्याए झैँ गरी हेर त उफ्फ!
पखेटा फट्फट्फट्याउँदै खुचिङ् फसिस् ला-ला भन्छ यो शहरमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महिला हिंसा भो कि पुरुष हिंसा ?

  • by

मलाई लाग्दैन अब म कसैको निम्ति बाँच्नु पर्छ र अरु पनि मेरो निम्ति बाँचुन । हो, उमेरले दुई बीस पार गरी सक्दाको यो क्षेणमा मैले यती बिग्न पीडाको सामना गर्नु पर्छ भने मैले बाँच्नुको कुनै औचित्य रहन्न ।

जवानीमा सुनकोशी र भोटेकोसी दुई हातले छेक्न सक्ने म बिरसिंह त्यतिकै कहलिएको थिएन सिन्धुपाल्चोक जिल्लामा । कतिलाई काटियो, कतिले आफूलाई काटे त्यो गनि गनी साध्ये नै छैन । गाउँले परिबेशमा जन्मे, हुर्के पनि खान लाउनको निम्ति कुनै कमि थिएन मलाई ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

छाड्नेले छाडे पनि

  • by

छाड्नेले छाडे पनि नौ डाँडा काटे पनि
औधी माया लाग्दो रहेछ आफ्नै मन फाटे पनि

केही पललाइरहेछ बरै बिहानीको घाम झैँ बन्या
अजम्बरी खुशी छोप्ने अनौठो त्यो खाम झैँ बन्या
आफ्नै मुटु ठान्नेले नै रुवाउनलाई ढाँटे पनि
औधी माया लाग्दो रहेछ आफ्नै मन यो फाटे पनि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्झिदिए पुग्छ लाग्थ्यो

  • by

सम्झिदिए पुग्छ लाग्थ्यो छुटेपछि दुख्यो मुटु
उनको बोली सुन्ने चह उठेपछि दुख्यो मुटु

यस्तो मोड आउँदो रहेछ दुखे पनि हाँस्नु पर्ने
आगो लाग्दा खुशीमाथि सहेर नि बाँच्नु पर्ने
निर्मोहीको यादै यादले कुटेपछि दुख्यो मुटु
उनको बोली सुन्ने चाह उठेपछि दुख्यो मुटु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सोचाइको बार्दलीबाट

  • by


नियालेर हेर्दा
चारैतिर क्षितिजमाथि
ढकमक्क कुहिरोले ढाकेको देखें
मनहरू निरासाको भुंग्रोमा
(अघेनामा)
छटपटीरहेका छन्
लाग्छ ऊ बाँच्नुको अर्थ
देख्दैन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

न डुब्न सकें न तर्न सकें

  • by

न डुब्न सकें न तर्न सकें जीवनको डुंगामा
न झर्न सके न हाँस्न सके फूलको थुंगामा !

तरेर पारी सकेन जान, बिचैमा दोभानछ
बाँच्नुको अर्थ रहेन मेरो, मरौं त यौवन छ
बिलौना मेरो सुनेनौ दैव, के पुजौँ ढुङ्गामा ?
न झर्न सके न हाँस्न सके फूलको थुंगामा !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •