Skip to content

atript

सबै आदर्शहरू आऊ

जूनको शीतल किरण छरी बुद्ध तिमी आऊ
तिम्रो मातृभूमिलाई कहिल्यै नरुवाऊ
तिम्रो मातृभूमि जोगाऊ बुद्ध तिमी आई यहाँ
लुछ्ने बेच्ने भा’छ अहिले मातृभूमि जहाँ
चार जाति छतीस वर्ण नेपालीका जाति
प्रहार गर्दैछन एकाआपसमा छातीमाथि लाती

धनको पोको बोकी आउँला

धनको पोको बोकी आउँला
घर धानी बस तिमी
सुख दुख यस्तै हो प्रिय
हाँसी खुसी जिउँला हामी
( चिन्ता तिमी गर्दै नगर………………….
आँशु कहिलै झार्दै नझार………२)

ए हावा!

ए हावा! लगिदेऊ मलाई
सात सय खोला तारेर त्यो पारि,
ए हावा! बुझिदेऊ मर्म
खोज्दै होलिन संगीले बनघारी
नादेख्या’ नि धेरै भो
नभेट्या’ नि धेरै भो
खोज्दै होलिन् साच्चै नै खेतबारी

नसम्झिनु बिरानु

खोलापारि, डाँडापारि धेरै धेरै टाढा
नसम्झिनु बिरानु, छ माया जल घाडा ….

टाढा हामीलाई बनाई दियो समयको खेलले
बिर्सनलाई गारो हुन्छ मायाजालले झेले ….

झुम्न फेरि मन लाग्यो

बिदाइका क्षण आँखाभरि, आँसु टिल्पिलाउँदै
हल्लाएका ती हात, चुम्न फेरि मन लाग्यो ,
कोदोको जाँड दाबाका भरि, अनि खसीको
भुटन खाँदै तिमीसँग झुम्न फेरि मन लाग्यो!

अन्तिम चोटी लर्बरौदै आइ लब यु बाबा,

बिडम्बना !

बिडम्बना !
ओ हो कस्तो दुख लाग्दो समाचार सुने
अझै सरकारले भारतसंग पाच नाका खुलनी रे,
गरिबी मंगने थान्ग्ने बिहारी अपराधी पहिले नि आथियो,
अझै सरकारले नेपालमा हुलनी रे !

मलाई हेरिदेऊ न साइँली

यसो मलाई हेरिदेऊ न साइँली
सुनको फुली लाइदिउँला नाकैमा
मलाई माया गरिदेऊ न साइँली
घोर्ले छोरा खेलाउँला काखैमा !

हे…हे……..ठुला ठुला तिम्रो आँखा
हिड्छौ मास्की मास्की

निको छैन त पारा

निको छैन त पारा

आज भोलि बोल चाल नै छैन सानु
कतै माया पो मार्यो कि ?
भेट घाट नि हुन छाडियो आजकल
कतै मायाको बसाई पो सार्यो कि ?

भेट न खोज्दा भेट नै हुन्न
नाभेटना जंगरै पो तर्यो कि ?

गीत

आकाशको तिमी जुन तारा
धर्तीको तिमी मोती,
सारा संसार देखाउने
तिमी मेरो ज्योति !

चैत मासको बिरुवा म
तिमी धारापानी,
दुनियालाई चिनाउने
तिमी मेरो आखा नानी !!

चौतारीको यात्री हुँ म

बिस्वाश गर या नगर!

म सदा तिम्रो वरिपरी हुनेछु,
नपताए साझा पाख आकाशमा हेर्नु
म पिलपिले तारा बनेर तिमीलाई
मन्द मुस्कान दीइ रहेको हुनिछु,
मिर्मिरेमा घामको किरण सगै
तिम्रो आखी झ्यालबाट तिमीलाई
चिअई रहेको पौनिछाऊ,

जिउदै लास भइदियो

जिउदै लास भइदियो
बीच बाटोमा छोडेपछि ,
संगै मर्ने संगै बाच्ने बाचा कसम
निर्मोहीले तोडेपछि.!
मरे तुल्य भइदियो
दोबाटोमा छोडेपछि
आफ्नै भन्ने निस्ठुरीले
अन्तै माया जोडेपछि

के हो मित्र

के हो मित्र टाढा पो हुन खोज्नु भो त,
कतै म प्रति गर्ने
माया,दयाको खरेटी पो लाग्यो कि?
म दुखिसंग बोलि चाली गर्दा
कतै पो थाक्यो कि ?
के हो मित्र बोलि चाली नै छैन
कतै रिस राग पो राख्यो कि ??

कविता

ओ हो! आज मैले कविता
लेख्न छुटाएछु ,
मेरो दुख सुखका भावहरू
कापीमा पोख्ने क्रम टुटाएछु !
आफ्नु अमुल्य पलहरू
बेस्या समयलाई लुटाएछु,
उदास लाग्दो मेरो जिन्दगीको
कथा व्यथा पोख्न छुटाएछु!!