जूनको शीतल किरण छरी बुद्ध तिमी आऊ
तिम्रो मातृभूमिलाई कहिल्यै नरुवाऊ
तिम्रो मातृभूमि जोगाऊ बुद्ध तिमी आई यहाँ
लुछ्ने बेच्ने भा’छ अहिले मातृभूमि जहाँ
चार जाति छतीस वर्ण नेपालीका जाति
प्रहार गर्दैछन एकाआपसमा छातीमाथि लाती
ए हावा! लगिदेऊ मलाई
सात सय खोला तारेर त्यो पारि,
ए हावा! बुझिदेऊ मर्म
खोज्दै होलिन संगीले बनघारी
नादेख्या’ नि धेरै भो
नभेट्या’ नि धेरै भो
खोज्दै होलिन् साच्चै नै खेतबारी
बिदाइका क्षण आँखाभरि, आँसु टिल्पिलाउँदै
हल्लाएका ती हात, चुम्न फेरि मन लाग्यो ,
कोदोको जाँड दाबाका भरि, अनि खसीको
भुटन खाँदै तिमीसँग झुम्न फेरि मन लाग्यो!
बिडम्बना !
ओ हो कस्तो दुख लाग्दो समाचार सुने
अझै सरकारले भारतसंग पाच नाका खुलनी रे,
गरिबी मंगने थान्ग्ने बिहारी अपराधी पहिले नि आथियो,
अझै सरकारले नेपालमा हुलनी रे !
के हो मित्र टाढा पो हुन खोज्नु भो त,
कतै म प्रति गर्ने
माया,दयाको खरेटी पो लाग्यो कि?
म दुखिसंग बोलि चाली गर्दा
कतै पो थाक्यो कि ?
के हो मित्र बोलि चाली नै छैन
कतै रिस राग पो राख्यो कि ??