Skip to content

atript

फर्की आएँ

आएँ आएँ फर्की आएँ
राजेश रुम्बा लामा
मरुभूमिमा पसिना बगाई
पाल्न बुडी आमा !
दर्शन गरें दिदी बहिनी
दर्शन गरे दाइलाई
सलाम ठोकें कर्म योगी
बीर नेपाली भाइलाई!!
सुनौनालाई खबर छैन
छैन अमन चैन

म घर जाँदैछु

बाई बाई सलाम साथीभाइ म घर जाँदैछु
मुटुभरि साँचेर सबैको माया मसँगै लाँदैछु

भेट भयो बिरानो ठाउँमा भयो चिनाजानी
माफी दिनू गल्ती भए जानी वा अन्जानी

यो मरुभूमिमा पनि

धेरै धेरै भेटे मैले दिन्छु भन्ने साथ
माया गर्छु जीवनभरि हुन्न भन्छिन घात्
धनको त कुरै छोडौ म आँफैलाई पाल्छु भन्छिन्
जेठीलाई फकाउन अनेक गोटी चाल्छु भन्छिन्

अति मिठो तिम्रो माया!!

अति मिठो तिम्रो माया!!
यो उदास जीवनमा बसन्त ऋतु बनी आयौ तिमी
हरियाली पलुवा म, फूलको कोपिला बनी छायौ तिमी
यो उजाड मरुभूमिमा लालि छरेर खुशी ल्याउने तिमी

झुकेको छैन वीर नेपाली,,,,,,

भनिन्छ हामी नेपाली जाती आफ्नो कर्तब्य पुरा गर्नको निम्ती आफ्नो ज्यानलाई समेत औती दिन तयार हुन्छन ।त्यसैले त हामी नेपालीलाई बहादुर्,वीर,गोर्खे,गोर्खेज जस्ता नामले हाल सम्मा पनि सुपरिचित छ ।सोझा,सिधा ।आ

हाम्रो नेपालमा

लाली गुराँस बनैभरि, मुस्कुराउँदै फुल्दा हुन्,
साइली माइली, सुसेलिंदै ती बनपाखा डुल्दा हुन् ।
सयपत्री, मखमली, बेली पनि फुल्दा हुन्,
हरियाली धानको बाला लहलह झुल्दा हुन् ।

लालुपाते बाटैभरि, टिपी सिरमा लाउँदा हुन्,
तल्लो गाउँकी ठुली-सानी गोठालो नि आउँदा हुन् ।
पल्लोघरे चतुरे नि बाख्रा लिई जाँदा हुन्,
ऐंसेलु र काफल टिपी क्वप्प क्वप खाँदा हुन्।

अनौठो मेरो माया

किन तिमी आउछौ सधैं मेरो झझल्कोमा
निदरीमा बिपनीमा अनि सपनीमा
किन यति धेरै माया दिन्छौ राखी समिप्यमा
म त पागल सरी भैसकें तिम्रै सम्झनाले
तिम्रै कल्पनाले तिम्रै ममताले।

निष्ठुरी बनी छाड्छौ भन्ने त्रास् जिबितै छ
त्यो दिनको कल्पना मात्रै पनि सार्है मर्माहत् छ
आखिर किन यस्तो भयो कसरी म बुझौं?
हाँसी हाँसी बसौं कि सधैं आँसुले नै रुझौं?

सबै कुरा तिमी मेरो

अन्धकार मेरो जीवनमा जुन बनी तिमी आयो सानु
मिठो अति मिठो संगीतको धुन बनी तिमी आयो सनु !
चैतमास तुवालोमा सित बनी तिमी आयो सानु
बेसाहरा यो दुखियाको प्रित बनी आयो तिमी सानु !

आँखाभरिको नाम्चेबजार

खोलापारकिो ओरालो बाटोबाट झरेर साथीहरू आइपुगे हामी बसेको रिसोर्टमा । पन्थीजी निकै चंगा देखिएका छन् र रामबहादुर दाइको फूर्तिफार्ती पनि हेर्न लायक नै छ । हामीलाई ब्रेकफास्ट खुवाउने यो रसिोर्टले उहाँहरूलाई पनि सम्मानस्वरूप चिया अर्पण गर्‍यो र ७ः४५ मा हामीले यस आँगनलाई छोड्यौँ ।

के हो यो जीवन ? ?

नसोचे को कुरा हुन पुग्यो कस्तो यो जीवन
माया लाउदिन भन्दा आँफै बस्यो माया,
चाहना बढ्यो तर पाउन नस्कनी कस्तो यो जीवन
म!नबको अबस्यकता असिमित हुँदा
सिमित बनाउन खोज्द टुक्रीन्छ यो जीवन

चोखो माया थियो मेरो

फूलहरु फुलदो रहेछ लालिगुरास फुलसरि
याद आउदो रहेछ तिम्रो घरि घरि ।
बिर्सिदेउ भन्छु तर निष्ठुरी कै याद आउछ
अतीतलाई सम्झिएर मेरो मन तड्पिदिन्छ । ।
चरिहरु रानीबनमा पाउदोरहेछ थरीथरी
न्याउली चरि रुदा रहेछन आशु झारी झारी ।
झ-झल्को लाग्छ सधैं तिम्रो आँखा बन्द गरे पनि
तिम्रो माया कति लाग्छ आर्कै सँग गए पनि बस् अर्कै सँग गए पनि । । ।

नेपालीको कथा

सुख्खा रोटीको पोका बोकी
गाडी आउने बाटो हेरिरह्न्छु म
साथी सँग कर्म गर्छु १२ घण्टा
तेसै बेला
रङ्गी चङ्गी सपना फेर्छु म
घाम लाग्छ आगो सारी
खजुरको रुख ताग्छु म
भने जस्तो सितल्ता नपाउद
सितल छाहरि खोज्दै भागछु म

मेरो ब्यथा

तिम्रो सम्झनको छाढ्पट्टिले कोल्टेफेर्दै बितीनछ रातहरु सानु
जब सुनिन्छ कोइलीको जस्तो तिम्रो स्वर
छ-छल्किन्छ न सै भरि खुशीका उन्मातहरु सानु!

यस्तो पनि हुँदो रहिछ

नयाँ साथी बनाउने क्रम्मा अपरिचित ब्याक्ती सँग परिचय गरे मैले
परिचित हुनलाई आफ्नो सत्य कहे मैले
साथीत्तो लाई निरन्तर दिन साथ को कदम बढाए मैले
कसैको मनमा पस्न नसक्ने हरेक नाम पाए मैले!
सत्य कुरा बताउनु भयो मेरो ठुलो दोष
जब पाए नौलो नाम तब आयो मेरो होश।
साथी भनि बनाए पछि टुटाउन बानी छैन
सबै लाई राम्रो सोच्छु घृणित नारी म होइन
जती नाम पाए पनि मन दरो गरी बाच्ने छु
मेरो बारे नराम्रो सोचे पनि भने पनि निर्दक्का भ ई हास्नी छु हास्नी छु

Sadishya K..C.
हाल: इजराईल Israel

तिम्रो मायामा

तिम्रो मायामा
साचै तिम्रो मायामा पागल हुन्छु म
काखे बाबु मरे आमा झै रुन्छु म
वास्तबिक्तको धरतालम आँफै लाई हेर्दा
सदै एक्लाई पाउछु म
तिमीलाई खोज्द नपाउद न्याउली रुए झै रुन्छु म
वाध्यतको बिचमा पनि तिमीलाई पाउन
माया जाल बुन्छु म
सोचे र खोजे नहुँदा एक्लाई बसिरुन्छु म
सत्यतलाई मनन गरी आँफैलाई
पिजडमा थुन्छु म
काखे नानी मरे आमा झै तिमी लाई
सम्झी रुन्छु म ।।।।।

राजेश रुम्ब लामा,दोह,कतार ।
mail:Reasonlama_Rumba@yahoo.com

तिमी बिना

तिमी बिना मेरो जीवन्
तिमी बिना मेरो जीवन औसिको रात हो,
चैत्तमासको खरेटिमा झरेको पात हो
तिमी बिना मेरो जीवन सुकी जानी खहरे खोला हो
सिपाई दाई ले पट्कौनी बारुतको गोला हो

आउँदै छु

पर्देशियो भन्नीमा तिमी कहिले नरुनु
सम्झी सम्झी पठाउछु चिट्ठी तिमी नि पठाउनु
गरीबि हुनु दोष् थियो मेरो, परि गो छुट्नलाई
केही समय धैर्य् गर्नु है पृया,आउदै छु भेट्नलाई
बाबा र आमा डाडाको जुन् हुन्,मन् कहिले नदुखाउनु
जे -जस्तो भएनि चिठिमा लेख्नु,केही कुरा नलुकौनु

बिडम्बना

मेहनत गर्छन दु:ख गर्छन यो नेपाली जातहरु
मरुभूमिमा नि सुन फलौने यी नेपाली हातहरु
जहिले पनि नेपलीले पाउँछन् यहाँ घातहरु
दिनको त कुरै छोडौ,आकासमुनि बिताउनु पर्छ रातहरु
दु:ख गर्छन् मेहनत् गर्छन् यी नेपाली जातहरु
जति दु:ख गरे पनि अखिरमा खानु पर्छ पराईका लातहरु

शुभकामना

म कुरी रहेको छु नयाँ बर्ष तिमीलाई
पूर्णिमाको जून बनी तिमी आउ
हिंसा र हत्याको राप र ताप्ले पिल्सेकोछ नेपाली जनता
त्यही जनताको घाउमा माल्मरुपी सितल्त छाउ!
गुराश हासे झै मुस्कुराउदै आउ नयाँ बर्ष तिमी
दु:ख र रोदनको भुमरिमा परेको जनतासाथ
ति काला दिनहरुलाई पाखा लगाउनु पर्छ नया बर्ष
हामी एक भइ मिलाई हात!