आकाशको तिमी जुन तारा
धर्तीको तिमी मोती,
सारा संसार देखाउने
तिमी मेरो ज्योति !
चैत मासको बिरुवा म
तिमी धारापानी,
दुनियालाई चिनाउने
तिमी मेरो आखा नानी !!
चौतारीको यात्री हुँ म
तिमी पीपलभर
सुकुम्बासी हु म संसारको
तिमी मेरो घर !
उम्रिन लागे बिरुवा म
तिमी मेरो जरा
अनाथ हुँ म सबैको
तिमी मेरो घर ……..तिमी मेरो घर….!!!!!
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahooo.com

राजेशजी,
गीतहरूको लागि
राजेशजी,
गीतहरूको लागि धन्यवाद छ! मैले तपाईंको “बिस्वाश गर या नगर!” भन्ने गीतलाई मुख्य पृष्ठबाट झिकेको मात्रै हो। मझेरी भण्डारमा छँदैछ। https://www.majheri.com/node/3315
त्यसैले फेरि पनि प्रकाशन गर्नु आवश्यक छैन।
मझेरीको नियम अनुसार एकै लेखकका धेरै रचनाहरू लगालग नछाप्ने भएकोले हो।
मझेरीमा लेख रचना प्रकाशन गर्दा..
तपाईंको नामका लेखहरू हेर्न यताबाट सकिन्छ।
https://www.majheri.com/taxonomy/term/1131