Skip to content


कोपिलाको के अर्थ रह्यो र ?
यदि त्यो फुल्दैन भने
फूलको नि के अर्थ रह्यो र ?
यदि वरिपरि भमरा डुल्दैन भने!

गैरी खेतको के अर्थ रह्यो र ?
यदि धानको बाला लहलह झुल्दैन भने
कोपिलाको के अर्थ रह्यो र ?
यदि फुल्दैन भने
बसन्तको के अर्थ रह्यो र ?
यदि पालुवा फेर्दैन भने
कोरा कागजको के अर्थ रह्यो र ?
यदि दुई सब्द कसैले केर्दैन भने।

मायालु को के अर्थ रह्यो र ?
दुखमा हेर्दैन भने
मायालु भन्नु नै के अर्थ रह्यो र ?
दुई सब्द भन्दा टेर्दैन भने
मायालु को नि के अर्थ रह्यो र ?
दुखमा हेर्दैन भने……हेर्दैन भने………..

राजेश रुम्बा लामा
दोहा ,कतार
Reasonlama-rumba@yahoo.com

1 thought on “के अर्थ भो र?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *