Skip to content

bikashghimire

BikashGhimire-03

कठिन प्रेमयात्रा

“नाई प्रनिश, यो सम्बन्ध कायम हुन सक्दैन, विनार्थको सम्बन्ध, औचित्यहिन प्रेम जसलाई बुझ्न र हेर्न कसैले चाहदैन या मान्दैन । यस्तो अनमेल सम्बन्धलाई यही विश्राम दिनु नै वेस हुन्छ तिम्रो लागि अनि मेरो निम्ति पनि । त्यसैले मलाई बुझ्ने कोसिस गर, आफ्नो अबुझ मनलाई सम्झाउने प्रयास गर । मलाई र मेरो छविलाई मनैदेखि भुलाईदेउ । तिम्रो र मेरो बिचको वास्तविकतालाई तिम्रो सोचाई अनुरुप लैजाने निरर्थक प्रयास त्यागिदेउ । म त्यस्तो रुपले तिमीलाई हेर्न सक्दिन । प्लिज मलाई जान देउ अनि तिम्रो मनबाट पनि हटाइदेउ मेरो तस्विर । जबसम्म तिमीले हामीबिचको यथार्थलाई बुझ्दैनौ तबसम्म भेट्ने प्रयास नगर ।”

२० रुपैयाको जीवन

“ओहो कालेलाई ज्वरोको औषधि किन्नुपर्ने पैसा पनि पो छैन त । के गर्ने होला ? विचरालाई ज्वरोले सिध्याउन लागिसक्यो ।”

रामे यस्तै चिन्तामा छ तनावग्रस्त र सोचमग्न । ति असफल मूल्यवान सोचाइले धेरै गहिराइमा पुर्याइरहेछ उसलाई । केही निर्णय लिन सकिरहेको छैन रामे । अब कहाँ जाने सही गन्तव्य पहिल्याउन असमर्थ छ । जे भएपनि छोराको पीडा त सहन सकिदैन भन्ने ठानेर उसले एउटा निर्णय गर्छ आफैसँग र गन्तव्यहिन पाइलालाई एउटा बाटो दिन्छ, अधेरो गल्लीतर्फको साँघुरो बाटो । ऊ लम्कन्छ एउटा अन्धकार गल्लीबिच रहि मधुर प्रकाशमा सजिएको पुरानो भट्टीतर्फ जहा धेरै मानिसहरू दिनभर ज्याला मजदुरी गरी पसिना चुहाएर कमाएको पैसाको सम्झौता गन्हाउने झोलसँग गर्छन् । उसलाई केही आशा छ जँड्याहा साथीहरूको, त्यसैले ऊ फटाफट सन्तुष्टिका पाइला चाल्दै छ । रामे त्यस्तो मान्छेसँग पैसा माग्ने विचारमा छ जो सँग उसको परिचय भट्टीमा नै भएको थियो र त्यो संकुचित क्षेत्रभन्दा बाहिर उनीहरूसँग उसको भेट कहिल्यै हुन सकेन । आशा नगर्नुको अन्य कुनै विकल्प पनि त छैन । ऊ मनमा अनेक कुरा खेलाउदै हिड्दैछ……….“मेरा त्यत्रा साथीहरू छन् जाबो २० रुपैया त कसै न कसैले दिइहाल्छन् नि । पैसा लिएर हिडिहाल्छु घर ।

मृतयात्रा

आज मन वास्तवमै रमाएको छ । उनको निकै लामो समयपछिको मेरो जीवनसँगको आगमनले निम्त्याएको हर्ष म शब्दमा व्यक्त गर्न सकिरहेको छैन । अदृश्य छन् यी खुशीहरू तर म महशुस गरिरहेछु आफैभित्र । लाग्छ यी खुशीहरू प्रत्यक नलीनलीमा रक्तसँगै बगिरहेका छन्, अनि हृदय भरिएको छ सारा आत्मसन्तुष्टिका तत्वले तर पनि मन चञ्चल छ साहृै हलुका ।