Skip to content

बिकास घिमिरे

विवशता आफ्नै धरातलसँग

प्रेम नहुनु रैछ, भैगयो। कसको बाउको के लाग्छ र? माया बसित गो। शायद एकोहोरो। एकपक्षीय। हो, प्रेम भयो उसको रेशमी कपालसँग। उसको गाजल नलगाइएको कुइरो देखिने आँखासँग। उसको बेसोमति बोलिसँग। जम्मामा सिङ्गो उसको व्यवहारसँग आकर्षण बढ्यो। प्रेम पलाएकै हो उसको आत्मासँग। शरीरसँग मात्र प्रेम हुन्छ भन्ने कुरामा अविश्वास गर्छु म। शरीरसँग मात्र प्रेम हुदो हो त मान्छे मरेर शरीर नष्ट भइसक्दा प्रेम मर्नुपर्ने। शरीर नासिएपछि पनि स्मरण त रहिरहन्छ। त्यसैले प्रेम आत्मासँग हुन्छ। भन्नुपर्दा शरीर बोकेको आत्मासँग।

अस्वभाविक मित्र

उसको कुरा गर्ने शैली बौलाहारुपी भए पनि तार्किक कुरा मात्रै गर्दथ्यो । बकम्फुसे कुरा गर्ने अनि त्यस्ता निस्सार कुरामा मान्छेलाई अल्मलाउने प्रवृत्तिको मानिस थिएन ऊ । धेरै बोल्न नरुचाउने, एकदम शान्त स्वभाव । कसैले प्रसङ्ग निकालेमा तर्कका साथ विवाद गर्न सक्ने क्षमता भएको ऊ । उसका विचारहरू कुनै पनि कोणबाट असान्दर्भिक हुदैन थिए तर पनि ऊ यस समाजको तिरस्कृत पात्र नै रह्‍यो मैले देखेसम्म । मान्छे उसलाई घृणा गर्दथे । शायद उसको पहिरन अस्वभाविक किसिमको भएर होला या त उसको शरीरबाट एकदमै नराम्रो गन्ध आउँथ्यो ।

खुशीभित्रका पीडाहरू

उफ् चैत महिनामै यस्तो असहनीय गर्मी । कतैबाट हावा पनि आउदैन । गर्मी, त्यही माथि मान्छेको चाप । क्षमताभन्दा धेरै हदले बढि । गर्मी नहोस पनि कसरी । मान्छेकै तातो सास जुधेर होला उकुसमुकुस भएको । धन्न मान्नुपर्छ यस्तो बाटोमा यसरी जोखिमपूर्वक गाडि चलाउने ड्राइभरहरूलाई । गाडिले वहन गर्न नसक्ने भीड बोकेर यस्तो पहाडको बाटोमा हुइक्याउने । शायद यतिको साहस म भए गर्थिन होला ।

निर्विघ्न कुण्‍ठा

ऊ वेश्या अरे। जिजीविशा त्याग्न नसकेर बनेकी वेश्या? परिस्थिति, परिवेशले गर्दा बनेकी वेश्या? स्वविवेकले तृप्ती प्राप्त गर्न बनेकी वेश्या? या कसैबाट बाध्यतावश बनाइएकी वेश्या?

अनुत्तरित प्रश्नहरूको चक्रव्युमा छ मनोज यतिबेला। जे होस् ऊ एक वेश्या हो। जुन कुरा उसलाई चिन्ने समाजले भन्ने गर्छ। अनि त्यो पुरुष को हो त जसको कारण ऊ ‘वेश्या’ शब्दले सम्बोधित हुने गरेकी छ? कि कुनै पुरुष बिना नै ऊ वेश्या कहलिन सम्भव छ? मनोजको प्रश्न स्वयं आफैलाई।

BikashGhimire-03

कठिन प्रेमयात्रा

“नाई प्रनिश, यो सम्बन्ध कायम हुन सक्दैन, विनार्थको सम्बन्ध, औचित्यहिन प्रेम जसलाई बुझ्न र हेर्न कसैले चाहदैन या मान्दैन । यस्तो अनमेल सम्बन्धलाई यही विश्राम दिनु नै वेस हुन्छ तिम्रो लागि अनि मेरो निम्ति पनि । त्यसैले मलाई बुझ्ने कोसिस गर, आफ्नो अबुझ मनलाई सम्झाउने प्रयास गर । मलाई र मेरो छविलाई मनैदेखि भुलाईदेउ । तिम्रो र मेरो बिचको वास्तविकतालाई तिम्रो सोचाई अनुरुप लैजाने निरर्थक प्रयास त्यागिदेउ । म त्यस्तो रुपले तिमीलाई हेर्न सक्दिन । प्लिज मलाई जान देउ अनि तिम्रो मनबाट पनि हटाइदेउ मेरो तस्विर । जबसम्म तिमीले हामीबिचको यथार्थलाई बुझ्दैनौ तबसम्म भेट्ने प्रयास नगर ।”

BikashGhimire-02

पश्चिमा प्रभाव

  • by

सोमनाथ जी, टोलकै ईज्जतदार अनि धनसम्पत्तिले सुसम्पन्न व्यक्ति थिए । सात पुस्तालाई पुग्ने सम्पत्ति उनले छोटो समयमै कमाए तर कसरी कमाए त्यसको खोजिनिति गर्ने वा चासो लिने कसैको आवश्यकता पनि त थिएन । देख्नमा एउटा किराना पसल मात्र । उनको काठमाडौँमा दुईवटा घर थियो, कुन कमाईले बनेको घर हो त्यो थाहाँ छैन । जे होस् उनले ईज्जत कमाएका थिए अनि टोल सुधार समितिको अध्यक्ष पनि उनलाई नै स्विकारेका थिए सबैले । एकजना दुःख पाएकी वेश्यालाई आफ्नै घरमा संरक्षण दिई न्याय पनि गरे उनले र सबैको नजरमा महान बने ।

२० रुपैयाको जीवन

“ओहो कालेलाई ज्वरोको औषधि किन्नुपर्ने पैसा पनि पो छैन त । के गर्ने होला ? विचरालाई ज्वरोले सिध्याउन लागिसक्यो ।”

रामे यस्तै चिन्तामा छ तनावग्रस्त र सोचमग्न । ति असफल मूल्यवान सोचाइले धेरै गहिराइमा पुर्याइरहेछ उसलाई । केही निर्णय लिन सकिरहेको छैन रामे । अब कहाँ जाने सही गन्तव्य पहिल्याउन असमर्थ छ । जे भएपनि छोराको पीडा त सहन सकिदैन भन्ने ठानेर उसले एउटा निर्णय गर्छ आफैसँग र गन्तव्यहिन पाइलालाई एउटा बाटो दिन्छ, अधेरो गल्लीतर्फको साँघुरो बाटो । ऊ लम्कन्छ एउटा अन्धकार गल्लीबिच रहि मधुर प्रकाशमा सजिएको पुरानो भट्टीतर्फ जहा धेरै मानिसहरू दिनभर ज्याला मजदुरी गरी पसिना चुहाएर कमाएको पैसाको सम्झौता गन्हाउने झोलसँग गर्छन् । उसलाई केही आशा छ जँड्याहा साथीहरूको, त्यसैले ऊ फटाफट सन्तुष्टिका पाइला चाल्दै छ । रामे त्यस्तो मान्छेसँग पैसा माग्ने विचारमा छ जो सँग उसको परिचय भट्टीमा नै भएको थियो र त्यो संकुचित क्षेत्रभन्दा बाहिर उनीहरूसँग उसको भेट कहिल्यै हुन सकेन । आशा नगर्नुको अन्य कुनै विकल्प पनि त छैन । ऊ मनमा अनेक कुरा खेलाउदै हिड्दैछ……….“मेरा त्यत्रा साथीहरू छन् जाबो २० रुपैया त कसै न कसैले दिइहाल्छन् नि । पैसा लिएर हिडिहाल्छु घर ।

मृतयात्रा

आज मन वास्तवमै रमाएको छ । उनको निकै लामो समयपछिको मेरो जीवनसँगको आगमनले निम्त्याएको हर्ष म शब्दमा व्यक्त गर्न सकिरहेको छैन । अदृश्य छन् यी खुशीहरू तर म महशुस गरिरहेछु आफैभित्र । लाग्छ यी खुशीहरू प्रत्यक नलीनलीमा रक्तसँगै बगिरहेका छन्, अनि हृदय भरिएको छ सारा आत्मसन्तुष्टिका तत्वले तर पनि मन चञ्चल छ साहृै हलुका ।

BikashGhimire

प्रयास र प्रेम

आज समीराको हेडक्वाटरबाट जिल्लामा सरुवा भएको पहिलो दिन । जीवनकै एक सफल क्षण अथवा हेडक्वाटरमा निष्क्रिय भई गुम्सिनुपर्ने बाध्यताबाट मुक्ति पाएको क्षण । नयाँ जिम्मेवारी, कर्तव्य र आफ्नो कुशलता देखाउनुपर्ने संवेदनशील दिनहरूको शुरुवात । उनलाई आज धेरै खुशी लागेको छ र केही असहजता पनि । कुनै एउटा चौकिको इन्चार्ज भएर रहन्छिन आजवाट समीरा । त्यसैले त आज प्र.नि. समीरा त्यसै त्यसै रोमान्चित भइरहेकी छिन । सम्पूर्ण तयारीका साथ उनी वडा प्रहरी कार्यालयतर्फ बढ्छिन ।

प्रहरी कार्यालयको माहोल शान्त छ आज, अन्य दिनहरूको भन्दा सफा अनि सबै सुरक्षाकर्मीहरू पोसाकमा उपस्थित छन् स्वागातार्थको निम्ति । एक साथ उठेका हातहरू अनि सँगै बजेका धेरै जुत्ताहरूको कडा आवाज । समीरा गर्व महशुस गर्दैछिन । प्र.स.नि. रमेश तथा प्र.ना.नि.द्वय कमल र सूर्यबहादुरसँग उनी लाग्छिन आफ्नो निजी कक्षतर्फ, शालीन मुस्कान छर्कदै । प्र.ह. तथा प्र.ज.हरू आफ्नै कामतिर लाग्छन ।