परदेशीको भावना हर्क पुन मुक्तक by harkapmOctober 6, 2019आज म एउटा मुक्तक, कहरमा लेख्दैछु स्वदेशमा होइन प्रवासी, शहरमा लेख्दैछु मेरो पनि सारै मनथियो दशैँमा टीका थाप्ने, बिडम्बना टीका सपनाकै बहरमा लेख्दैछु!
माया (मुक्तक) हर्क पुन मुक्तक by harkapmJune 2, 2019यो मनले आँटेको त्यो मुटु फाटेपछि भगवानको के दोस् माया साटेपछि मायामा विश्वास हुनै छाड्यो आज विश्वास नै तोडी सधैं भरी ढाँटेपछि
कसरी बनाउँछन पिरतीको फूल हर्क पुन मुक्तक by harkapmApril 22, 2019कसरी बनाउँछन पिरतीको फूल मैले देखेँ मुटुमा बिझाउँने मायाको असुल मैले देखेँ खुल्ला आकाश जस्तै सम्झन्थे त्यो मायामा खुसीलाई बेचेर आँसु बटुल्ने भूल मैले देखेँ।
मनको भावना हर्क पुन मुक्तक by harkapmMarch 2, 2019घुस खानेकै नाममा खेतबारी नै देखियो सिधा गरिबको पिठ्यूँमा भारी नै देखियो ठुला ठुला महलहरू सहर भरि बने पनि, प्रत्येक गल्लीमा निकै पीडित नारी नै देखियो
आभास (मुक्तक) हर्क पुन मुक्तक by harkapmMay 12, 20181 Commentसोचेझैं परिवर्तन हरक्षण हरपल नभएपछि चाहेको सारा प्रयासहरू सफलनै नभए पछि अपन्याउछन् भ्रष्टाचारको बाटो हाम्रो देशमा सबैको मन पवित्र अनि सुन्दर नभएपछि
भाबना हर्क पुन मुक्तक by harkapmMarch 3, 2018कैलेकाँही जित हैन हारमा पनि हाँस्छु म जस्तोसुकै परिआए सारमा पनि हाँस्छु म मनै त हो ठूलो के को धुलो केको मैलो है त्यसैले त खुकुरीको मारमा पनि हाँस्छु म
माया हर्क पुन मुक्तक by harkapmJanuary 28, 2018तिर्खा मेट्ने सानो एउटा धारा थियो उसैमा मेरो मुटुको प्यारो तारा थियो हाम्रो माया बेग्लै हुन्थ्यो सबै रमाउथें माया प्रेमको साक्षी संसार सारा थियो
जिन्दगी हर्क पुन मुक्तक by harkapmNovember 30, 2017आफ्नाले नै आफ्नालाई सजिलै छल्न सक्छ सानासाना कुराहरूले धेरैको मन जल्न सक्छ कसम माया तिमीलाइनै गर्छु भन्दै नाटक गर्नेको, विश्वास कैलै हुदैन देखावटीमै बाटो बदल्न सक्छ