Skip to content

हर्क पुन

परदेशीको भावना

आज म एउटा मुक्तक, कहरमा लेख्दैछु
स्वदेशमा होइन प्रवासी, शहरमा लेख्दैछु
मेरो पनि सारै मनथियो दशैँमा टीका थाप्ने,
बिडम्बना टीका सपनाकै बहरमा लेख्दैछु!

कसरी बनाउँछन पिरतीको फूल

कसरी बनाउँछन पिरतीको फूल मैले देखेँ
मुटुमा बिझाउँने मायाको असुल मैले देखेँ
खुल्ला आकाश जस्तै सम्झन्थे त्यो मायामा
खुसीलाई बेचेर आँसु बटुल्ने भूल मैले देखेँ।

मनको भावना

घुस खानेकै नाममा खेतबारी नै देखियो
सिधा गरिबको पिठ्यूँमा भारी नै देखियो
ठुला ठुला महलहरू सहर भरि बने पनि,
प्रत्येक गल्लीमा निकै पीडित नारी नै देखियो

आभास (मुक्तक)

सोचेझैं परिवर्तन हरक्षण हरपल नभएपछि
चाहेको सारा प्रयासहरू सफलनै नभए पछि
अपन्याउछन् भ्रष्टाचारको बाटो हाम्रो देशमा
सबैको मन पवित्र अनि सुन्दर नभएपछि

भाबना

कैलेकाँही जित हैन हारमा पनि हाँस्छु म
जस्तोसुकै परिआए सारमा पनि हाँस्छु म
मनै त हो ठूलो के को धुलो केको मैलो है
त्यसैले त खुकुरीको मारमा पनि हाँस्छु म

माया

तिर्खा मेट्ने सानो एउटा धारा थियो
उसैमा मेरो मुटुको प्यारो तारा थियो
हाम्रो माया बेग्लै हुन्थ्यो सबै रमाउथें
माया प्रेमको साक्षी संसार सारा थियो

जिन्दगी

आफ्नाले नै आफ्नालाई सजिलै छल्न सक्छ
सानासाना कुराहरूले धेरैको मन जल्न सक्छ
कसम माया तिमीलाइनै गर्छु भन्दै नाटक गर्नेको,
विश्वास कैलै हुदैन देखावटीमै बाटो बदल्न सक्छ