Skip to content

lbnepal

कहाँ खोज्ने होला

आफ्नै लागि आफ्नो मान्छे खै कहाँ खोज्ने होला
जीन्दगिको अद्भुत मोल खै कहाँ कता पाइने होला
जीवनको हरेक पलमा मेरो मान्छे खोजी रहेछु
इशारामै कुरा गर्ने मित्र कहाँ पाइन्छ होला
सपनीमा बाडुली आउँदा बिपनीले मुस्कान दिन्छ
मेरै तस्विर अटाउने मुटु एल्बम कहाँ होला
सिंगो माया छताछुल्ल ड्याम्मडुम्म पड्किजाँदा
पिरतीको छत्रछायाँ कसोगरी साँच्ने होला

खुशीको सापट

तिमी फुलको लालीसँग रमाउनु
म आफ्नै जीवनसँग रमाउला
तिमी जुनको जवानीमा हराउनु
म आफ्नै धुलोसँग प्रिती साटौला
तिमी चौरासी व्यन्जन सजाउनु
म त्यसकै वासनामा रमाउँला
तिमीले अमृतको घडा पिउनु
म बिस खाएरै चित्त वुझाउला
तिमी मस्तिमा जीवन कटाउनु
म त सँधै बाँच्ने आधार खजौला
तिमी खुशीको पुकार चढाउनु
म पलपल मरेर बाँचौला
तिमी प्रेमको सागरमा पौडिनु
म बगरको धुलोमा जिउँला
हाँसोँ चाहिए मेरो जीवनमा
तिमीसँगै थोरैथोरै सापट मागौला ।

धनि र गरिवि

म गरिब झन झन गरिव
मेरो शरीरमा लुगा छैन,
उनी धनी झन झन धनी
उनको नी शरिरमा लुगा छैन,
मलाइ गरिबिले उतारेको छ
उनलाइ सम्पत्तिले उतारेको छ
मलाई मेरो नियतीले पछारेको छ
उनलाइ उनको पिरतीले पछारेको छ
आखिर उनी र म मा फरकै के होला र
उनी धनको सम्पन्न छन्
म मात्र मनको ।

शहिद दिवस

मलाई पनि यो देशको
शहिद हुन मन छ,
मेरो नाममा हरेक वर्ष
सार्वजनिक बिदा दिन मन छ,
हे मेरा देशका महाराजाहरु
मलाइ शहिद घोषणा गरिदेउ अनि
लगाइ देउ चिनो क्यालेडरमा
रातो अक्षरले मेरो नामको बिदामा,
अनगिन्ति शहिदको भीडमा म पनि
यो देशको शहिद हुन पाउँ,
अनि लाउन पाउँ थुंगे फुलको माला
मेरो सम्पूर्ण पाप छोपिने गरी मेरो निर्जिब शालिकमा,
करोडौ शहिदको भीडमा मेरो अधिकार दिलाइदेउ,
अनि देउ मेरा नि सन्तानलाइ आरक्षणको अनुभूति,
म पनि यो देशको शहिद हुन पाउ
अनि दिलाउन पाउँ मेरो नामको राजनीतिको
सयौ भोटहरु उपहार स्वरुप तिमीलाई,
अनि बनाउन पाउँ तिमीलाइ यो देशको नायक
मेरो नामको राजनीतिमा मेरो आफ्नै

अतृप्त सुख

आउ प्यारी मधुवन भरिको प्यास हामी सजाउँ
दुनिया भरको सुख सयलमा हामी दुई रमाउँ
रात रानी चिरिबिर चरी तिमी बनी रमाउ
आउ प्यारी एक मन बनी प्यार तिम्ले सजाउ
लम्क तिमी अधर भरिको श्वास लामो लिएर
हामी दुईको सकुसल तनमा बहुवल सजाउ
तिमी आकाश म पृथ्वीको साम्ने भइ हाँसौला
पृथ्वीमा तिमीलाइ तानिए रसरंगमा रमाउँला
हाँसो भित्र पीडा सरि तिमी गुनगुन आवाज सुनाउनु
जिन्दगिको प्रहर मिठो त्यो गुलाब सरी रमाउनु
आउ प्यारी मधुवन भरिको प्यास हामी सजाउँ
दुनिया भरको सुख सयलमा हामी दुई रमाउँ

मनको जोगी कि तनको ………….?

तिमी तनको जोगी कि मनको जोगी ?
म तनको जोगी कि मनको जोगी ?
आफ्नो भोगमा अहंकार गर्छ जो,
अरुको प्रगतिमा इर्श्या गर्छ जो,
तिम्रो खुशीमा तगारो वन्छ जो,
आफ्नो भोगमा भगवानलाई
तिरस्कार गर्छ जो,
त्यही हो सच्चा तनको जोगी,
आफ्नो कर्तब्यमा भगवानको
साथ खोज्छ जो,
तिम्रो प्रगतिमा खुशी साट्छ जो,
त्यही हो सच्चा मनको जोगी,
तनको जोगीले मुख मिठ्याउँछ
उनको सुन्दरता सँग,
मनको जोगीले सहानुभुती राख्छ
उनको सुन्दरताको पीडा सँग,
कमण्डलु बोक्दैमा मनको जोगी
हुइन्न रैछ यहाँ,
जोगी बन्न कमण्डलुनै चाहिन्न यहाँ,
तिमी कि त मनको जोगी
कि त तनको जोगी ।।

विदाइ

एउटा फुलको विदाइ भएछ
बाडुली समेत लागेन मलाइ,
अचानक उसँग छुटेको पल
तिर्शनाले साथ छोडेन मलाइ,
सम्झिन्छु उसको दुरदर्शिता
सम्झिन्छु आत्मिय मधुरता,
बिछोडको काँडानि बिझेन मलाइ
आज बाडुलि समेत लागेन मलाइ,
मित्रताको कोपिला फक्रदै थियो
पबित्र फुलले बासना छर्दै थियो,
अचानक भमराले साथ छोडि जाँदा
गुलावको बासना नी मिठो लागेन मलाइ,
यो दिलले त्यो दिल समात्न नसकेनी
परेलीले धेरै सम्झेको छ उसलाइ,
यो पवित्र मित्रताको फुलवारीले
पबित्र गुलावी माया सजाएको छ उसलाइ
तिमी जहाँ छौ पवित्र वासना छरिरहनु
दुनियाको परेलीमा बास वसिरहनु,
छोटो यो मित्रता सफलताको जादु वनोस
जीवनका हरेक पलमा सफल बनिरहनु ।।

हनुमानजी र मेरो देश

कृपया हनुमानजी मेरो देशको सीमानामा
मेरो देशकै हिमालको बार लगाइदेऊ,
मित्रताको नाममा भित्रने सहलेशहरुलाई
सधैसधैको लागि बिदाइ गरिदेऊ,

दिलको अटल आवाज

पातहरु फेरिन्छन तर जरा कहिल्यै फेरिदैन
अटल मुटु फेरिन्छ तर दिल कहिल्यै फेरिदैन,
समय सरह मन फेरिन्छ तर भावना फेरिदैन
इच्छा चाहना फेरिन्छन तर धड्कन फेरिदैन,
तामाको मुनाहरु फेरिन्छन तर मिशन फेरिदैन
प्रियशिको मुस्कान फेरिन्छ तर संस्कार फेरिदैन
समय सँगै रुप बैंश फेरिन्छ तर बिगत फेरिदैन
अटल प्रेम फेरिन्छ तर दिलको आवाज फेरिदैन

खुशीको सजाय

मेरो खुशीमा दुःखी हुनेहरुकै लागी
म आज खुशी भएको छु,
मिठो पलमा मिठो खुशी सजाएर
तिनलाइ ठुलो सजाए दिलाएको छु,
मेरो खुशीमा डाह गर्नेहरुलाइ के थाहा
म सानो सानो खुशीमा कति रमाउँछु भनेर,
दुःख चाहने दुःखी हरुलाइ के थाहा
मेरो खुशी यिनलाई ठुलो सजाय हो भनेर ।।।

मलाइनै सुख किन ?

दुःख पाउँदा दुःखी हुन सक्नेले
सुख पाउँदानी दुःखी हुन सक्नुपर्दछ,
आफुलाइ दुःखी सम्झिनहरुले
अरुको पीडानी बुझ्न सक्नु पर्दछ,
दुःख पाउँदा भगवानलाइ पुकार्नेले
सुखामानी भगवानलाइ पुकार्नु पर्दछ,
दुःख पाउँदा मलाइनै दुःख किन भन्नेले
सुखमानी मलाइ सुख किन भन्न सक्नुपर्दछ ।।।।

असल सत्रु

असल मित्र त्यो हो जसले मित्रताको परिभाषा बुझेको हुन्छ
असल सत्रु त्यो हो जसले सत्रुता भित्र मित्रता खोजेको हुन्छ,
तिम्रो असल मित्र भोली तिम्रो असल सत्रु पनि बन्न सक्छ
तिम्रो असल सत्रु भोली तिम्रो असल मित्र पनि बन्न सक्छ,
तिम्रो असल मित्रलेनै तिम्रो हरेक कमजोरी देखेको हुन्छ
तिम्रो हरेक कमजोरीको फाइदा उसलेनै सधै लिएको हुन्छ,
सत्रुबाट हैन तिमिले मित्रबाट पलपल वच्न सिक्नु पर्छ
मित्रताको घेरावन्दि भित्र सत्रुको मित्रता खोज्न सक्नु पर्छ ।

माया मनको तिमीलाई

नौ गेडी र तिल्हरीको लर्को तिमीलाई
जीवन भर सजाउने मायाको सर्को तिमीलाई,
खुशीको अमृत माया आफ्नै घर्को तिमीलाई
अटल फेरो अग्निसँग सातै फर्को तिमीलाइ,
अटल प्रेम सजाउँने सिन्दुरको धर्को तिमीलाई
गुलाबको फूलसँगै दिए माया मनको तिमीलाई

समस्या विहिन मान्छे

शहरमा घर नजिकनजिक हुन्छ
तर मन भने टाढाटाढा हुन्छ
गाउँमा घर टाढाटाढा हुन्छ
तर मनहरु नजिकनजिक हुन्छ
सूर्यले बर्षौसम्म नजलाएको कागज
सानो लेन्सले सेकेण्डमा जलाउँछ
रिस कहिले पो अभिमानी छ र
रिसलाइ उल्टाउँदा सरि पनि हुन्छ
जसको एउटा पनि सत्रु छैन
जो सत्रु छ त्यही मित्र बन्छ
दुनियामा समस्या नभएको को होला
समस्या बिहिन त चितामा पो पुग्छ ।।

अपुरो इच्छा

आकाशको तिरैतिर घुम्न पाए हुन्थ्यो
तारामा फड्किदै हिड्न पाए हुन्थ्यो,
सुनैको औछ्यानमा सुनैको सिरानी
निन्द्राको तरंग चुम्न पाए हुन्थ्यो,
रातलाइ अँधेरीमै रोक्न पाए हुन्थ्यो
विहानीको बाटो छेक्न पाए हुन्थ्यो,
सृष्टिको उपरमा चढी दारा धस्तै
सूर्यलाइनी कुटुकुटु टोक्न पाए हुन्थ्यो

रहरको जहर

फुल रोपेको थिए उनकै नाममा
निष्ठुरी हुरीले उडाइदिएछ,
जुन रोजेको थिए उनकै नाममा
बादलले घुम्टो ओढाइदिएछ,
सपना बुनेको थिए उनकै नाममा
बिपनिले अनायसै तर्साइदिएछ,
रहर सजाएकै थिए उनकै नाममा
जहर रुपी आगोले जलाइदिएछ ।

अतृप्त माया

जुनतारा झै झिलिमिलि इन्द्रेणीको माया मिठो
जति वर्णन् गरेनी नसक्ने तिम्रो रुपै अनौठो,
पृथ्वीका जनमानहरु तिम्रै गीत गाउँछन्
तस्विर नी हरतरहले छाति भित्र सजाउँछन्,
मौलिक भो रुप् अनौठो मन्दिरझैं सजाउने
तस्बिरनै काफि यहाँ जुनतारानी लजाउने,
भगवानको बरदान पाए तिम्रै तस्विर सजाउँथे
अतृप्त यो मन् बुझाउन तिम्लाइ आफ्नै वनाउँथे ।

मायाको किस्मत

किन्न मिल्ने भए तिम्लाई
आफ्नै मोलले किनिदिन्थे

जोख्न मिल्ने भए माया
किस्मतसँगै जोखिदिन्थे

भाग्य मेरो वशमा भए
तिम्रै नाममा गरिदिन्थे

अनगिन्ती ताराभन्दा
एउटै सूर्य झारिदिन्थे ।

इच्छा

इच्छा फुल्छ मनमा गुलाव फुले झैं जुन्तारा छुने गरी
रम्छन शब्दहरू मनैमन भरी एकान्त हाँस्ने गरी ।।

इच्छा छ मनमा फूलै फुले सरी हजुरको हाँसो सरी
आज यो घडीमा हसाउँन सकुँ गुराँस रमे झैं गरी ।।

20180317_LilaBallavNepal-News-02

मधुरस कविता बिमोचन कार्यक्रम

वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी श्रीलीलाबल्लभ नेपालद्वारा रचित कविता संग्रह “मधुरस” को विमोचन कार्यक्रम भन्सारकै सभा हल कर्मचारी मिलन केन्द्रमा मिति २०७४/१२/०३ गते शनिवार सम्पन्न भएको छ ।