कहाँ खोज्ने होला
आफ्नै लागि आफ्नो मान्छे खै कहाँ खोज्ने होला
जीन्दगिको अद्भुत मोल खै कहाँ कता पाइने होला
जीवनको हरेक पलमा मेरो मान्छे खोजी रहेछु
इशारामै कुरा गर्ने मित्र कहाँ पाइन्छ होला
सपनीमा बाडुली आउँदा बिपनीले मुस्कान दिन्छ
मेरै तस्विर अटाउने मुटु एल्बम कहाँ होला
सिंगो माया छताछुल्ल ड्याम्मडुम्म पड्किजाँदा
पिरतीको छत्रछायाँ कसोगरी साँच्ने होला

कृपया हनुमानजी मेरो देशको सीमानामा