Skip to content

लिला बल्लभ नेपाल

अब नरोऊ आमा

छोराको वियोगमा कति आँशु बगाउँछौ आमा
तिम्रो आँशुको पीडाले मलाई पोलिरहन्छ हरपल
बरु मलाई बिजयको आशिर्वाद देउ, आमा
किनकि म यो संसारको विजेता बन्न चाहान्छु ।

समयको चक्र म सँग अलग हुन खोज्दैछ आमा
म भाग्यको खोजीमा यताउता भौतारिरहेको छु
मेरो आत्मा सुखको खोजीमा भौतारिरहेछ क्षितिजपारी
तिम्रा आँखाले बोलिरहेका भावहरु पढ्दैछु
तिमीले दिएको वात्साल्यको शक्तिले अघि बढ्दैछु आमा ।

मेरो विदाईमा किन विलाप गर्दै आँशु झार्छौ
गुलाबले त सकेन सुन्दर फुलहरु आफु सँग राख्न
म त यो संसार जित्ने तिम्रो सिपाईं हुँ आमा
तिम्रो शक्तिले त यो पृथ्वी पनि काम्दो रहेछ

“अल बिदा राष्ट्रकवि माधव प्रसाद घिमिरे”

जुगौंजुग देशको माटो सजाएर गयौ तिमी
नेपाली भै गर्व गर्ने बनाएर गयौ तिमी ।

आँशु सबै रित्तिएछ तिम्रै शोकमा मग्न हुँदा
हाँस्दाहाँस्दै क्षितिज पारी हराएर गयौ तिमी ।

कसरी म सहुँला यी बिछोडका पलहरु
सम्झनाको महासागर खनाएर गयौ तिमी ।

आज एक्लो भएको छु राष्ट्रकवि विदा हुँदा
दिलको माया मनका भाव दबाएर गयौ तिमी ।

नेपालीको मन मन्दिरमा सधै भरी बास गर्दै
शब्दमाला अरबौंको लगाएर गयौ तिमी ।

“अल बिदा राष्ट्रकवि माधव प्रसाद घिमिरे”

जुगौंजुग देशको माटो सजाएर गयौ तिमी
नेपाली भै गर्व गर्ने बनाएर गयौ तिमी ।

आँशु सबै रित्तिएछ तिम्रै शोकमा मग्न हुँदा
हाँस्दाहाँस्दै क्षितिज पारी हराएर गयौ तिमी ।

कसरी म सहुँला यी बिछोडका पलहरु
सम्झनाको महासागर खनाएर गयौ तिमी ।

आज एक्लो भएको छु राष्ट्रकवि विदा हुँदा
दिलको माया मनका भाव दबाएर गयौ तिमी ।

नेपालीको मन मन्दिरमा सधै भरी बास गर्दै
शब्दमाला अरबौंको लगाएर गयौ तिमी ।

लिला बल्लभ नेपाल, बिराटनगर

बुबाको मुख हेर्ने दिन

छोरो आउने बाटो कुर्ने बुबाका आशै मिठो लाग्छ
मैले खुट्टा ढोग्दा सधैं हसाउँने बातै मिठो लाग्छ

घर आइज कान्छा हामी तेरो बाटो कुरिरहेका छौ
पल पल झक्झकाइरहने बुबाका हातै मिठो लाग्छ

देशको भावना (पञ्चचामर छन्द)

बनेर भाव देशको तरक्क आँशु भेलझै
विहानी फुल्छ कोपिला सजाइ राख्नु दीलमै

चिरेर खान्छ देश ऊ थिचेर जाल प्राणकै
चुसेर रम्छ शीरमा अनेक दाउ सम्झदै

लिपुलेक कालापानी जिन्दावाद

नेपाल आमा जिन्दावाद
नेपाल आमा जिन्दावाद
लिपुलेक कालापानी जिन्दावाद।
हराए ओलीजी प्रचण्ड हराए
कालापानी लिपुलेकमा खुट्टा कमाए
मोदीले नेपाल भूमि क्वाप्प टोक्दा
नेपाल र नेपालीलाई लाजमर्दो बनाए ।

जदौ

एकविहानै रेडियोमा उनी आएदैनन् रे अब
जदौ शब्द गुञ्जाउँदै बोल्दैनन् रे अब
अनायशै बन्द भयो दैलो दाहालको
साहित्यमा धाँजा फाट्यो रेडियो नेपालको ।

मातृभूमी

टोपीको सान यो नेपाली जनको शिरैमा लौ वास होस्
अस्मिता देशको लुटाउन खोजे शत्रु परास्त गरोस्
कम्मरमा पोटुकी सँगै खुकुरी भिरेको नेपाली यो
शत्रुको हमला हटेन पछाडी गोर्खाली त्यो वीर हो ।।

भगवान निर्दयी नभएको भए

भगवान निर्दयी नभएको भए
मैले नी आँशुको मुल्य पाउँथे होला
कलियुगमा कलि नपसेको भए
मैलेनी भगवानको ध्यान पाउँथे होला

भगवान तिम्रो सान छ भने
मेरा आँखाका आँशु रोकेर देखाऊ
भगावन तिमीमा मान छ भने
मेरो जीवनको जिउने बाटो देखाउ

अच्छा कलियुग जहाँ मेरो जीवन चलेको छ
सच्चा अभिलासा जहाँ जीवन धरोहर छ
जीन्दगिको मुल्यको कुनै मान छ भने
जीवनमा सत्यको कुनै सान छ भने
अमृत पिएर जीवित हुन खोज्नेहरु
निर्जिव सरह शान्त वनेर देखाउ
सच्चा जीवनको अर्थ खोज्नेरहरु
निर्दोलाइ अमृत पिलाएर देखाऊ

न्यायमुर्ति तिम्रो न्यायलाई सलाम छ

हारे हराउने जिते जिताउने
न्याय मुर्तिलाइ सलाम छ
बन्दकमा परे कायल गराउने
तिम्रो न्यायलाइ सलाम छ ।

मर्ने मरोस बाँच्नेलाइ बचाउने
निर्दोलाइ यहाँ अचानो बनाउने
कस्तो नियती दैब भन्दा गार्होउ
न्याय मुर्ती तिमीलाइ सलाम छ ।

न्यायका चार आँखा भएरै होला
तिम्रो अभिलासा पुरै तमाम छ
निर्दोलाई पैतालाको धुलो चटाउने
न्याय मूर्तिको न्यायलाइ सलाम छ ।

पीडितको आँशु बगेको नदेख्ने
पीडकको जेपमा हजारै हजार छ
आशिर्वादबाट न्याय प्रदान गर्ने
न्यायमुर्तिको न्यायलाइ सलाम छ ।

न छ धन न मेरो कुनै छ सान
न्याय माग्ना जाँदा अपराधी ठान
आफ्नै न्यायमा अपराध लुकाउने
न्यायमुर्ति तिम्रो न्यायलाई सलाम छ ।।

डसेर गयौ

जुठो हाल्नु थियो हालेर गयौ
समाजमा वदनाम पारेर गयौ
आगो ताप्नु थियो तापेर गयौ
रहर भित्र रसरंग थपेर गयौ
पवित्र मुना जुठो पार्नु थियो
एक्कासी जुठो हालेर गयौ
फुलेको फुलको तरंग भित्र
ओठको लालि डसेर गयौ
समयको अर्थ वुझाउने भन्दै
आगोमा घिउ थपेर गयौ
सुनसान आकाश छाहारी भित्र
बेहोशी सुरमा डसेर गयौ

अलि बढी भो कि……………..

अलि वढि भो कि मायालु तिम्ले च्यापेका र जपेका मन्त्रहरु
अलि वढि भो कि मायालु हाम्रा सामिप्याका आवाजहरु
के गर्छौ र मायालु तिम्ले जपेका मन्त्रहरु निस्कपट भएपछी
अलि वढि भो कि मायालु तिमी हामी रमाएका रातहरु
सिंगारिएको जड जस्तो तिम्ले पुजा गरेको यो मायालु झैं
अलि वढि भो कि मायालु तिम्रा हाम्रा भावनाका बातहरु
तिम्रा रमाएका आँखाहरु तिनपाने झोलमा ठोक्केर फर्कदा
अलि वढी भो कि मायालु नसामा झुलेका अपुरा रातहरु
बाडुली आउँदा घाँटी घिटिक घिटिक आफैलाइ तर्साउने आवाजहरु
अलि वढि भो कि मायालु तिम्रा हाम्रा नसामा चलेका हातहरु
महान अमृत झैं लाग्ने ओखतिहरु तिम्ले हाम्ले सँगसँगै पिउँदा

नागवेलीको यात्रा

नागवेलीको यात्रा मेरो
साहस वोकि हिड्नु पर्छ
मिर्मिरेको उषाकिरण
पलपल रम्न सक्नु पर्छ
चाँदनीझैं पाइला टेकि
संस्कारमा बाँच्नु पर्छ
याद आए बिपनिमा
सपनिमा भेट्नु पर्छ
आँखा चिम्लि यादहरु
दिलमा साँचि बाँच्नुपर्छ
जीवन स्वर्ग वनाउन
कसम पुरा हुनु पर्छ
हाँसिराखे जीवनमा
रोदन त्यसै बिलाउँछ
चंचल मन आकाशमा
जुनताराझै चम्किरहन्छ
कति खेल्नु भावनामा
भावुक बन्न सक्नु पर्छ
जीवनको यात्रा भित्र
पहिचान सजाइ राख्नु पर्छ
हासिँ हाँसि बाँच्न सक्दा
स्वर्ग ढोका खुल्नु पर्छ
के चाहियो र जीवनमा
जीवन खुशी बन्नु पर्छ ।।

भोटको मोल चाहियो जनतालाई

तिम्रो भाषण हैन
पर्फर्मेन्स चाहियो जनतालाई
तिम्रो आश्वासन हैन
कर्तव्य बोध चाहियो जनतालाई
तिम्रो जीतको खुशी हैन
आफ्नै अँगेनाको राप चाहियो जनतालाई
तिम्रो कुर्सिको ढोल हैन
पसिनाको मोल चाहियो जनतालाई
मिठा मिठा कुराको अचार हैन
समय सरह विचार चाहियो जनतालाई
अब भावना माथी खेलबाड हैन
समृद्धिको संस्कार चाहियो जनतालाई
अति भो धेरै जिस्क्यायौ जनतालाई
तिम्ले पाएको भोटको मोल चाहियो जनतालाई

काल्पनिक मन…..

उनी रोएको बेला उनीलाई
हसाउन नसके पनि उनी सँगै
रोइदिने अभिलासा छ मेरो,
मृत्युको पल सहन गर्न नसके पनि
उनी सँगै मरिदिने जागरुकता छ मेरो,
म उनको आफ्नो मान्छे हुन नसके पनि
उनीलाईनै आफ्नो पनमा साँच्ने मन छ मेरो,
उनको लागि सुनको महल बनाउन नसके नी
त्यो भन्दानी धेरै ठुलो मायालु मन छ मेरो,
जुनी जुनी सँगै सँगै जिउने भाग्य नभए पनि
उनी सँग सँगै मरिदिने तिब्र इच्छा छ मेरो ।।

मोहिनी रुप

ब्यबहारमा मिजास आहा बोलिमा मिठास
साक्षी जुनको प्रकाश सुन्दर शान्त बिन्दास ।।
कल्पना भन्दा मिठो उनको त्यो आभास
सूर्य भन्दा तेजी आहा उनको त्यो प्रकाश ।।
नजर भित्र उनको आहा हेराइ क्या झकाश
लोभ लाग्दो मुहार आहा चुम्छ क्या प्रकाश ।।

विचित्र यो संसार उनको त्यो नजरै झकास
छर्लङ्ग जीवनको त्यो चंचल चंगा आकाश ।।

कहाँ खोज्ने होला

आफ्नै लागि आफ्नो मान्छे खै कहाँ खोज्ने होला
जीन्दगिको अद्भुत मोल खै कहाँ कता पाइने होला
जीवनको हरेक पलमा मेरो मान्छे खोजी रहेछु
इशारामै कुरा गर्ने मित्र कहाँ पाइन्छ होला
सपनीमा बाडुली आउँदा बिपनीले मुस्कान दिन्छ
मेरै तस्विर अटाउने मुटु एल्बम कहाँ होला
सिंगो माया छताछुल्ल ड्याम्मडुम्म पड्किजाँदा
पिरतीको छत्रछायाँ कसोगरी साँच्ने होला

खुशीको सापट

तिमी फुलको लालीसँग रमाउनु
म आफ्नै जीवनसँग रमाउला
तिमी जुनको जवानीमा हराउनु
म आफ्नै धुलोसँग प्रिती साटौला
तिमी चौरासी व्यन्जन सजाउनु
म त्यसकै वासनामा रमाउँला
तिमीले अमृतको घडा पिउनु
म बिस खाएरै चित्त वुझाउला
तिमी मस्तिमा जीवन कटाउनु
म त सँधै बाँच्ने आधार खजौला
तिमी खुशीको पुकार चढाउनु
म पलपल मरेर बाँचौला
तिमी प्रेमको सागरमा पौडिनु
म बगरको धुलोमा जिउँला
हाँसोँ चाहिए मेरो जीवनमा
तिमीसँगै थोरैथोरै सापट मागौला ।