Skip to content

lbnepal

मनको माया

फूललाई फूलकै माया
मायालुलाई मनको
उनकै मनको फुलबारीमा
घुम्छु एक फन्को ।

चमक चमक चम्किएको
मधुर प्रकाश जुनको
रहरको फूल फूल्यो
गीत गाउँछु उनको ।

दुःख र सुख

ईरादा मनको बलियो बनेर दुःखै मेरो साथी भो
दुखकै सहारा जीबन आज यो हेर मेरो स्वर्ग भो ।।

दुःखै दुःखको जीबन आज लौ अर्थ पूर्ण वन्दछ
संघर्ष के हो लौ जीबनको यहाँ यसैले सिकाउँछ ।।

सुखैं सुख भोग् जीबनमा भए नरक सरी बन्दछ
जीबन कसरी जिउने आजलौ सुखले बिर्षाउँछ ।।

जो सक्छ सहन कष्ट जीबन सफल कहलाउँछ
ईरादा मनको पुरा गरिकन हाँसि खुशी जिउँछ ।।

सुखले जीबन नरक बनाए पछुतो पो बन्दछ
जीन्दगी भरिको सपनाहरु लौ यसैले सिध्याउँछ ।।

सुखी त्यो जीबन कष्ट बनेर नरक समान बन्दछ
स्वास्थ्यको बाधक सुखनै सुखहो सबले बुझ्नु पर्दछ ।।

यस्तो घातक जो छ सजाउँन यहाँ मरिहत्ते गर्दछ

ह्याप्पी होली

होलीको रङ यो मधुर पो बनी जीवन सजाय सरी
आउ मित्र जनहो फूलैफूल सरी हाँसौ न यसै गरी ।।

सुखको सपना सजाउन यहाँ गुरास फुलेकै सरी
बिपना सजाउँ रङै रङ भरी सपना देखे झैं गरी ।।

ह्याप्पी भ्यालेन्टाइन डे पृया

मेरा वा ले सिकाएको परम्परालाई लत्याएर
तिम्रो सामु आएको छु पृया,
मेरो देशले लाउन सिकाएको गुन्यूचोली
तिम्रो आङमा नदेख्दा
तिमीलाइ झन झन सुन्दर देख्न थालेको छु,
तिम्रो निर्वष्त्रिएका लजालु गहनाहरुलाइ छोप्न
मेरी आमाले वुनिदिएको वर्को ल्याएको छु पृया,
तिम्रो आकासझैं छचल्किएको प्रेमको लागि
ह्याप्पी भ्यालेन्टाइन डे पृया,
तिम्रो खुला आकासझैं लाग्ने शरिर देख्दा लाग्छ
मेरो देशको सरगमाथा तिम्रै आङमा
टक्रक्क उभिएको छ,
जसलाइ जुनेली रातझैं लाग्ने मेरो
मायाले भनिरहेछ
ह्याप्पी भ्यालेन्टाइन डे पृया,
तिम्रो सुन्दरता र मायाको वयान गर्ने शब्द
अव मेरो भाषा र मेरो देश सँग रहेन,

धर्ति फुटाएर हेर

रछ्यानमा भए जति शान्ति
तिम्रो ओछ्यानमा कहाँ होलार,
तिम्ले फ्यालेको कसिंगर र फोहोरमा
धेरैको चलेको छ जीवन परिवार ।।
सुनैसुनले वनेको तकियाको फेर
तिमी कति निदाउन सक्छौ निदाएर हेर,
सक्षमले पचाउन सक्छ जहर को झिर
नपत्याए धर्ती यो फुटाएर हेर ।।

भावनाको संवेग……

माली गाइले तिम्लाइ सम्झि आँशु झार्दा
विचरीको आँशु पुछिदिने कोहि भएन आमा,
पाखा पखेरा गाउँ वेसी खडेरीले उजाड हुँदा
आँगनको तुल्सीले तिम्लाइ सम्झेको छ आमा,
तिम्ले हरेक विहान गाइको गोवरले पोतेको मझेरी
मरुभुमीको निखार वालुवा झैं भएको छ आमा
तिम्रै यादले पल पल गाउँ वेसीलाइ रुवाउँदा
तिमी विना एक्लै एक्लै विरानो भएको छु आमा,
सार्‍हा खुशीले मेरो जीवन वाट विदा भइदिंदा
मेरा साथी संगी भन्दा फरक भएको छु आमा,
डाँडा पारी गाउँ पखेरामा तिम्लाइ कहि नदेख्दा
पात झरेर निखारिएको वुढो रुख झैं भएको छु आमा,
गाउँ घर सवै तिर चाडवाडको खुशियाली छाउँदा
हाम्रो घरमा त दशैंले समेत पत्याउन छोड्यो आमा,

उनको संझनामा

सपनिमा तर्सिएर नव्युंझिएको रात छैन
उनकै यादमा नतड्पिएको गुदुली साँझ छैन ।।

संझनाको वाढी आउँदा मत बाढी पीडित भाछु
उनकै नामको वाहेक मैले नफेरेको सास छैन ।।

जिन्दगीका अनगिन्ति यादका पानाहरु
आँशु रुपी संझनाले नभिजेको रात छैन ।।

सपनीमा उनि आउँदा भुसुक्कै निदाउँछु
रहर भरी उदास वोकी नझस्किएको रात छैन ।।

संसारी यो सुख सवै कस्तो हुन्छ थाहा छैन
उनकै नामको प्रत्येक गाँस नअड्किएको छाक छैन ।।

कस्तो होला छायाँ उनको घाम सँग मागेकोछु
हाँस्न खोज्दा ओठको लाली नझरेको पल छैन ।।

तडप् तडप् तड्पिएर वाँच्नुको नि मजा रैछ
जिन्दगिको परिभाषा नलेखेको रात छैन ।।
LILA BALLAV NEPAL

उनि र म……

म गाइको पुजा गर्छु उनी गाइको मासु खान्छिन
म पृथ्वीको पुजा गर्छु उनी मंगलको भ्रमण गर्छिन ।।

म भेज भेज भन्छु उनी कुकुरको मासु खान्छिन
म जनक्रान्ति गर्छु उनी आर्थिक क्रान्ति गर्छिन ।।

म निर्जिव मुर्ति पुजा गर्छु उनी पकृतिको पुजा गर्छिन
म पेटलाइ पुजा गर्छु उनी आफ्नो देशलाइ पुजा गर्छिन ।।

पृथ्वी जयन्तीः…

विखण्डनकारी अपराधी देश द्रोहीहरु
पृथ्वीको नाममा राजनीति गर्दैछन यहाँ ।।

पुष २७ को नारा पटक पटक लगाउँदै
मातृ अस्मिता यिनले लुट्दैछन यहाँ ।।

पृथ्वीको नाममा फुलको माला उन्नेहरुले
मेरा पृथ्वीको अपमान गर्दैछन यहाँ ।।

कसरी थामौ हे पृथ्वी मेरा यी आँशु
तिम्रो एकताको छाला काढेर वेच्दैछन यहाँ ।।

पृथ्वीलाई सम्झदा……

एकताका सुत्रधार पृथ्वीलाई सलाम छ
हरेक पुस २७ मा हाम्रो एकता गजव छ ।।

हे पृथ्वी तिमीले छोडेर गए देखी
तिमीले छोडेको एकता वाटैमा घायल छ ।।

कसले वुझ्छ यहाँ तिम्रो एकताको परिभाषा
तिम्रो एकता त यहाँ पैसा कमाउने भाँडो भाछ ।।

तिम्रो पौरखी मुर्तिमा माला लगाउनेहरुवाटै
एकताको भावना कौडी भरमा वेचिएको छ ।।

मनको वहाव..

होसमा थिए यात म वेहोसमा थिए
आफ्नै घरको इज्जत दाउमा राख्दै थिए ।।

विराएको वाटोमा खुनको सन्नाटा थियो
अलपत्र मेरो शरिर अपमानमा जलेको थियो ।।

बोल्न खोजे मेरो जिव्रो थुतिएको थियो
सत्यको वाटोमा रगतको पैरो गएको थियो ।।

अनायसै मेरो होश खुलेको पल मा
मेरो भविश्यले मलाइ प्रश्न गरिरहेको थियो ।।

जय होस् डाक्टर साव..

डाक्टर सावका पाइला सधै सत्कर्ममा चलिरहुन्
मुकाविला यिनका सधै अझ अटल वनिरहुन् ।।

अरु सवै देश द्रोही जनता माराहरु
यिनकै पाउमा परिपरि धुरुधुरु आँशु झारुन् ।।

स्वार्थ छैन यिनको मनमा हाम्रै लागि लडेका छन्
जनताको साथ छ यिनमा सधै सफल वनिरहुन् ।।

LilaBallavNepal

प्रसंग

तिम्ले स्टप भन्दैमा मेरो जुवान कहाँ रोकिन्छ र !
तिमीले थर्काउँदैमा गोर्खाली मुटु कहाँ हल्लिन्छ र !

तिम्रो अनगिन्ती अपराध लुकाउन मलाई भोग्यौ तिमीले
सच्चा नेपाली हुँ नेपाल आमाको शिर कहाँ ढल्छ र !

मनको हलचल…

मैले तिमीलाइ सुझाव दिएं भने
तिम्रो काँधको वन्दुक म उपर चलाइदेउ ।।

मैले तिम्रो कमजोरी देखाइ दिए भने
मलाइ फौजदारीको मुद्धा लगाइदेउ ।।

मैले तिम्रो वारेमा जुवान चलाए भने
मलाइ काल कोठरीमा थन्काइदेउ ।।

म नाथे एउटा सामान्य नागरिक न हु
तिमी विरुद्ध बोल्ने मुख सधैलाइ थुनिदेउ ।।

तिमीसँग शक्ति छ मेरा हड्डि कुड्डि भाँचेर
सधैंका लागि मलाइ नर्क को हकदार वनाइदेउ ।।

हे मेरा देशका राजा महाराजाहरु
सत्य वोल्न खोज्ने मेरा अनगिन्ति जिव्राहरु
भुट्भाट् पारेर तिम्रो जिवनको छाक टारिदेउ ।।

मेरो टोपी

मेरो शिरको टोपी हमेशा मेरै शिरमा लाउँन पाउँ
सगरमाथा झैं टोपीको देश भनि इतिहास रच्न पाउँ ।।

मेरो देशको कुमारित्व लुट्न र लुटाउन खोजिए
यहि टोपीको सानले उ आउने वाटो छेक्न पाउँ ।।

मेरो संसार मेरो यात्रा अनन्त चन्द्र चुमेको दिन
यहि टोपीको सहाराले आफ्नै संसार हँसाउन पाउँ ।।

मेरो देश मेरो धर्ती सगरमाथाको चुचुरोमा उभिएर
मेरो शिरको टोपीमा मेरै देशको नाम लेख्न पाउँ ।।

मनको कामना

जिवनका पाना रंगमन्चमा रंगाउन सकियोस
मनका चाहना नयाँ विहानीमा सजाउन पाइयोस ।।

जिवनका हरेक पानमा मुस्कानका रहर भेटिए सँगै
सजिएका ओठहरुले सधै खुशीका गीत गाइदियोस ।।

खुशिका गहनाले मानव जिवन हराभरा सजाय जँगै
सवै सँग अनन्त सरहको पवित्र नाता गाँस्न पाइयोस ।।

नयाँ वर्षको अतृप्त सुखद विहानीको पलहरु सँगै
मन मन्दिरमा मेरै देशको भाका सजाउन पाइयोस ।।

मेरो नयाँ वर्ष

गुलावी नजर वोकेर तिमीले मेरो घर आउनु
मेरा ति रहर पुरा हुनेगरी खुशी साथ ल्याउनु ।।

व्यग्र प्रतिक्षा थियो मनभरी रस्वाधन चखाउनु
संसारी सुखको मोहमा भुलेर मन्दिर सजाउनु ।।

वसन्त पालुवा वनेर तिमिले दिपले चम्काउनु
चन्द्रको ज्योतिझै वनेर तिमीले संसार हँसाउनु ।।

सुन्दर वन झैं धपक्क वलेको रहर निम्त्याउनु
रंगमन्च सरिको जीवन भरीमा सत्मार्ग पैल्याउनु ।।

आऊ नयाँ वर्ष

जीवन्त अलौकिक उपहार बोकेर आइदेऊ नयाँ वर्ष
निर्दोष जुनकिरी झैं दिप ज्योति जलाइदेऊ नयाँ वर्ष

तिम्रो स्वर्णिम दीपको प्रतिक्षामा बसिरहेका नेपालीमा
समृद्दिको इतिहास रच्ने मेरो कलम बनिदेऊ नयाँवर्ष

नयाँ वर्षको शुभ कामना

ति सुन्दर ओठ सँगै आहा कति मिलेका नयनी
त्यो मधुर मुस्कानमा कति मिठो छ तिम्रो वाणी ।।

तिम्रो सुन्दरतामा गुलावलेनी लाज माने जस्तै
कति सुन्दर छ तिम्रो अपार मायाको कहानी ।।

तिम्रो सिरुपाते नयनीमा जुनतारानी लजाउँछ क्यारे
तिम्रा मर्मस्पर्शि भावमा आहा कति मिठो विहानी ।।

तिम्रै अजम्वरी मुस्कानमा संसारकै सुख भए जस्तै
पर्खदैछु हर्षले मेरो नयाँ वर्षको शुभ विहानी ।।

मनको गीत

जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना
मुटुले भोग्छ चोट दिलले वोक्छ भावना ।।

कालले वदल्छ समय गर्नु पर्छ याचना
सम्झनाले लगाउँछ वाडुली साँझ र रातमा ।।

अन्तर मनको चाहना रहनु पर्छ साथमा
यस्तै रैछ सवैले भोग्ने मनुश्यको जातमा ।।

सम्झनाले दिन्छ जिवन गर्नु पर्छ सामना
यति भन्छु तपाईंलाई मेरो दिलको भावना ।।