logon2sk
उनी नगरबधु
दिनमा कमै मात्रामा,
तर हरेक दिनका रातहरुमा,
रात भन्दा अलि कम रात,
भनौँ निख्खर साँझहरुमा,
म उसलाई देख्छु सडकमा ।
शान्त भएर उभिएकी ऊ,
भीडबाट धेरै टाढा एकान्तमा,
त्यहीँबाटै हरेक पुरुषलाई निहाल्छे,
आफ्ना ग्राहकका रुपमा,
जो उसको अङ्गको मोल, उचित गर्न सकोस् ।
उसले नियालेकाहरु मध्ये,
कसैले थुकेर हिँड्छन्, कोही रिसले हेर्छन्
जब घृणाले हेरिरहेका बेला उसलाई
ऊ मुसुक्क मुस्कुराई दिन्छे सबैका लागि ।
लाग्छ, आज ऊ हाँस्न सिक्दैछे ।
हाँसो प्रकृतिको नियम भन्ने सिकाउँदै छे ।
हरेक रात आफ्ना अङ्ग सिक्काको मोलमा तौलिन्छे,
अनि त्यही सडकमा
अर्काे मोलमोलाईका लागि,

हरेक हरेक ऋतुमा बाहिरै,