Skip to content
SurajKaphle


गनथन….. फतरफतर……
जहिल्यै दिमाग खराब के !
आज चक्मा पाउँछे,
तीज रे रातो साडि धपक्कै !
छेवैमा गएँ,
गमक्क भएँ,
घाँटी फुल्यो,
राज स्वभाव खुल्यो,
मोटो स्वरमा बोलियो ।

गाँठे !
कहिलेकाहीँ त हामी पनि,
अच्चानक राजै भइन्दो रैछ ।

छेउछाउमा साथी उसका,
हतार मेरो बेजत गर्न,
लाग्ने के मेरो बेइज्जत,
अनि बाजाउछन् साथीले ताली ।
अँ थुतुनो हेरन थुतुनो,
पर्नु परो नि अनुहार राजाको !
कसरी भयौ अच्चान तिमी,
स्वःघोष राजा !

अब,
यत्ति सुन्दरी तँ,
चिटिक्क तँ,
झपक्क तँ,
रानी देखिएपछि…
के त म चैँ,
को त म चैँ ?
बुढि मख्ख !
मनमनमा त्यै थुतुनो सोचेँ,
इस्स्स्….. म राजा !!!!
सोच्दै होलान,
भनेर बुढोलाई राजा,
बनाएर बुढोलाई राजा,
रानि बन्ने कहिले हामी ।
जसै ऊ राजा भए,
बनाएर हामीलाई रानी ।

नबनाउ प्राणलाई नोकर,
राजा रानी बनन् एक अर्काबीच ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *