हरेक हरेक ऋतुमा बाहिरै,
वसन्तमा त ठीकै हुन्थ्यो !
शरद ऋतुमा पनि बाहिरै,
ऊ आफैँ नै भित्र आउँदैन थियो,
मेरो गुणवान भोटे कुकुर ।

जब बच्चा थियो,
चन्चले थियो ।
जिस्कँदै भित्र बाहिर गरिरहन्थ्यो,
भित्र पसेको म रूचाउन्नथेँ,
त्यसैले,
बाहिरै बनेको छ उसको घर !
मेरो बच्चो भोटे कुकुर ।

मेरा पाहुना आउँथे, जान्थे !
म निस्किन्थेँ काममा,
थकान भई फर्कन्थेँ पनि,
ऊ पुच्छर हल्लाएर स्वागत गरिरहन्थ्यो,
मेरो इमान्दार भोटे कुकुर ।

निख्खरा कालो थियो,
चन्द्रमा जस्ता आँखा,
शंख जस्तो स्वर,
समुद्रको छाल जस्तो उफ्राइ
इमान्दार, सफा मन भएको,
अनि,
निष्ठा र कर्ममा कहानीको वीरवल
मेरो प्यारो भोटे कुकुर ।

ऊ ! फूल थियो,
सास थियो,
प्राण थियो
सुन्दर लोभ लाग्दो प्रकृति थियो,
कहिल्यै मसी नसकिने इतिहास,
कहानी पुरा गरिदिने,
8 Belowका पात्र झैँ थियो,
Hachikō आफैँ जस्तै थियो
रंगकारको इन्द्रणी रंग थियो
चित्रकारको सीसाकलमको छाप थियो,
उसको घर अँझै उस्तै छ,
खै ! ऊ के भयो !
स्वर्गमा छ की, प्रेत भयो
मेरो आत्मीय भोटे कुकुर ।

#कुकुरतिहार_विशेष

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *