उनी नगरबधु

Suraj Kafle

दिनमा कमै मात्रामा,
तर हरेक दिनका रातहरुमा,
रात भन्दा अलि कम रात,
भनौँ निख्खर साँझहरुमा,
म उसलाई देख्छु सडकमा ।

शान्त भएर उभिएकी ऊ,
भीडबाट धेरै टाढा एकान्तमा,
त्यहीँबाटै हरेक पुरुषलाई निहाल्छे,
आफ्ना ग्राहकका रुपमा,
जो उसको अङ्गको मोल, उचित गर्न सकोस् ।

उसले नियालेकाहरु मध्ये,
कसैले थुकेर हिँड्छन्, कोही रिसले हेर्छन्
जब घृणाले हेरिरहेका बेला उसलाई
ऊ मुसुक्क मुस्कुराई दिन्छे सबैका लागि ।
लाग्छ, आज ऊ हाँस्न सिक्दैछे ।
हाँसो प्रकृतिको नियम भन्ने सिकाउँदै छे ।

हरेक रात आफ्ना अङ्ग सिक्काको मोलमा तौलिन्छे,
अनि त्यही सडकमा
अर्काे मोलमोलाईका लागि,
फेरि बन्निन्छे नगरबधु ।

कसैले बुझेका छैनन् उसलाई,
बुझ्ने फुर्सद कसलाई,
पुरुषले त परै जाओस्,
गन्दिैनन् नारीले पनि नारी उसलाइ ।
कोही सम्झन सक्दैनन् पीडा उसका,
उसका चाहना,
अङ्गमा उसको खेलिरहँदा,
बेहुली सम्झनेहरु पनि,
प्यास उत्रेपछि
फोहोरी नै सम्झन्छन् उसलाई,
घृणा नै गर्छन् उसलाई,
तिरस्कार नै गर्छन् उसलाई ।

साँच्चै ऊ त्यस्तै लाग्छ तिमीलाई भने,
रोक त्यी पुरुषहरुलाई, जो पशु बन्छन् योवनमा !
आफ्नालाई द्रौपदीको नजरले हेर्छन्,
बाबुले छोरी, दाजुभाईले दिदीबहिनी,
नातिले हजुरआमा आदि आदि इत्यादी !
उनीहरुलाई बचाउन हर रात खटिन्छे ऊ,
तरवारको धारमा बसेर पनि,
अङ्ग बेचेर, आत्माको पवित्रता जोगाइराखेकी छे ।

वास्तवमा !
ऊ मनकी पवित्र छे,
समाजलाई अपवित्र हुनबाट बचाउँछे ।
मानिस भित्रको ज्वाला बहलाईदिन्छे,
भौतारिएकाहरुलाई प्याला बनाईदिन्छे ।
ऊ आफ्नो अस्तित्व समाजलाई खर्चिरहेकी छे,
आफैँ भित्र भित्र जलेर, समाजमा पानी हालिरहेकी छे,
आफैँ भित्र भित्र टुटेर पनि समाज जोडिरहेकी छे ।
ऊ त समाजकी पवित्रता जागाउने रक्षक हो ।।
तर तिमी उसलाई वेश्या अनि रण्डी भन्छौ ???

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *