Skip to content

mukta

दशै

  • by

दशै के हो दसै हो यो निर्धा कंगाल जो मर्दछन
दसै होइन दशै हो यो बसि जो मोज गर्दछन
भेडा च्यङ्रा खसिहरुको अन्त्यस्टिको दिन
बली नै दिन पर्ने हो त साच्चै, त्यो चै किन

परिवर्तन

देशले परिवर्तन चाहेको थियो
हेर, अयोनित, ठूलै आयो
धेरै ठूलो, चाँहेको भन्दा
थाम्नै गार्हो, मानौ फन्दा
थामोस् नि कसरी, बिचरो
बारम्बार एक पछि अर्को
आशा ठूलै फट्को मार्ने
फट्को त मारेकै हो ने

गरिबी

एउटा गरिब केटी थिई
बिरामि भै ओछ्यान परी
औषधिमूलो केहि पाइन
एक दिन ऊ तेसै मरी

उनको थियो एउटा बच्चा
तोते बोल्ने मनको सच्चा
भयो त्यो बिचरा टुहुरा
कसले दिने उसलाई सहारा

मेरो देश

कलकल्कल बग्छिन रे सरिता
सब नूतन लाग्दछ रे रमिता
मन मोहक द्रिश्य छ हेर उता
अब लेख्दछु रे रसिला कविता

सरसर्सर बग्छ हवा नभमा
जसले तटिनी प्रिय छे सबमा
जब सागर भेट्न हिडिन् तटिनी
जल चन्चल नाच्दछ झै नटिनी

नेपाली आमाको मन

सधैं सधैं पिडामा अल्झिएको छ मेरो मन
चिन्ताको तापले हरपल जलेको छ दनदन
खोसियो कुन क्षण मेरो उनमोक्त हाँसो
कहिले म माथि पर्‍यो अराजकताको पासो
हरेक चोटिको परिवर्तनले आश पलाउछ